साप्ताहिक संवाददाता
‘सुभद्रा अधिकारी प्रतिष्ठान’ले वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई सम्मान गरेको छ । प्रतिष्ठानले अभिनेत्री भुसालसहित नृत्याागना हनी श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ सरु, कलाकारहरू सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली)समेतलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानको सातौं वार्षिकोत्सवका अवसरमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् चेतन कार्कीले स्रष्टा तथा कलाकारहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।
प्रमुख अतिथि साहित्यकार एवं संस्कृतिविद् चेतन कार्कीले सम्मानित व्यक्तित्वलाई शुभकामना दिँदै आगामी दिनमा अझै सशक्त र जिम्मेवारीपूर्वकरुपमा अगाडि बढ्न प्रेरित गरे ।
बरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व.पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा फाउण्डेशनको स्थापना गरेकी हुन् ।