साप्ताहिक संवाददाता
अघिल्लो बर्ष सफल रुपमा सम्पन्न भएको 'मिस नेपाल नर्थ अमेरिका' को दोस्रो संस्करण सुरु हुन अब धेरै समय बाँकी छैन । आयोजक अहिले कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न तयारी गरिरहेको छ ।
यसै सन्र्दभमा मिस नेपाल २०१८ श्रृंखला खतिवडा ग्राण्ड फिनालेमा उपस्थित हुने भएकी छिन् ।
आयोजकमध्येका एक निराकर उप्रेतीले अगस्ट १७ मा हुन गैरहेको उक्त कार्यक्रममा श्रृंखलालाई आधिकारिक रुपमा निमन्त्रणा गरिएको बताए । त्यस्तै मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ कोरियोग्राफरको रुपमा नियुक्त भएको समेत उनले बताए ।
मिस नेपालको ईतिहासमा धेरै चर्चा पाएका निकै सुन्दर मिस नेपालद्धय खतिवडा र श्रेष्ठ उपस्थित हुने भएपछि कार्यक्रम थप प्रभावकारी हुने अनुमान गरिएको छ । आयोजकले विजेताहरुलाई १२ हजार डलर बराबरको छात्रवृत्ती तथा विभिन्न गिफ्ट र विभिन्न पुरस्कार पाउने जनाएको छ ।
आगामी अगस्ट १७ तारिखका दिन न्युयोर्क शहरको मेलरोज बलरुममा ‘मिस नेपाल नर्थ अमेरिका २०१९’ हुँदैछ । सोहि स्थानमा अघिल्लो बर्ष पहिलो मिस नेपाल नर्थ आयोजना गरिएको थियो । आयोजकले केहि हप्ताअघि सहभागी हुन चाहनेहरुका लागि आबेदन पत्र खुलेको जानकारी गराएको थियो । आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिनेछ ।
उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले यो कार्यक्रम गर्न लागेको हो, गत बर्षपनि उनिहरुलेनै आयोजना गरेका थिए ।