साप्ताहिक संवाददाता
जेष्ठ ८, २०७६
अहिले मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहेको छ । यही रमजानका अवसरमा सारा अलि खानले आफ्नो बोल्ड फोटो सार्वजनिक गरेपछि अहिले उनी आलोचकहरूको निशानामा परेकी छिन् ।
त्यसो त साराको तस्बिर निकै चित्ताकर्षक छ र तस्विरले प्रशंसकहरूबाट राम्रै प्रशंसासमेत पाएको छ, तैपनि मुस्लिम भएका कारण रमजानको अवसरमा यस्तो तस्बिर सार्वजनिक नगरिएको भए हुन्थ्यो भन्ने एकथरीको तर्क छ ।