साप्ताहिक संवाददाता
होस्टल र होस्टल रिटर्न्सपछि यही सिरिजको तेस्रो चलचित्र ‘होस्टल ब्याक अगेन’ निर्माण हुने पक्का भएको छ । दुर्गेस फिल्म्स तथा काफिया फिल्म्सले संयुक्त रूपमा निर्माण गर्ने उक्त चलचित्रको छायांकन अमेरिकामा गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् । यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । रावल अहिले लामो समयदेखि अमेरिकामै छन् ।
सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टलमा बसेका युवायुवतीहरूको विषयमा होस्टल ब्याक अगेन निर्माण गरिँदैछ । आफूले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । यो चलचित्रको कथा रावल स्वयंको हो । आगामी अगस्टमा छायांकन सुरु हुने यो चलचित्रका कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ ।
अर्का निर्माता गोविन्द शाहीका अनुसार छायांकनका लागि केही कलाकार नेपालबाट अमेरिका जानेछन् भने बाँकी कलाकार अमेरिकामै चयन गरिनेछ । होस्टलका विद्यार्थीका रूपमा अमेरिकामै अध्ययनरत नेपाली विद्यार्थीहरूले अभिनय गर्नेछन् । रावलको निर्माणमा २०१३ मा होस्टलबाट अभिनेता अनमोल केसी, होस्टल रिटर्न्सबाट सुशील श्रेष्ठ तथा नाजिर हुसेन डेब्यु भएका हुन् ।