मोडल खुस्बुु ठगी मुद्धामा दोषी ठहर

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७६

 

मोडल खुश्बु ओली चेक बाउन्स सम्वन्धी मुद्धामा फसेकी छिन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

ओलीले गोपाल कटुवालको नाममा ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । करिव २ बर्ष अगाडी कटुवालले आफूले खुस्बुलाइ दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन् ।

खुस्बुको नाममा रहेको खाताको चेक मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ । धेरै पटक बैंकमा रकम बुझ्न जाँदा रकम नभएको भन्दै बैंकले फर्काएको थियो ।

मोडल खुस्बुलाई पटक पटक उक्त खातामा डिपोजिट गर्न भनेपछि पैसा डिपोजिट नगरेपछि कटुवालले मुद्धा दायर गरेका थिए । सोहि मुद्दामा अदालतले मगंलबार उक्त फैसला गरेको हो ।

प्रकाशित :जेष्ठ ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×