साप्ताहिक संवाददाता
जेष्ठ ९, २०७६
पहिलो चलचित्र ‘धडक’को सफलताका बाबजुद सेलाएकी श्रीदेवी तथा बोनी कपूरकी छोरी जाहन्वी कपुरको दोस्रो चलचित्र ‘रुह–अफजा’ प्रदर्शनका लागि तयार छ ।
गत साता चलचित्रको गीत ‘ह्वा आन दे’को टिजर सार्वजनिक भएसँगै यो चलचित्र पनि चर्चामा छ । उक्त गीतले हावा प्रदूषणविरुद्ध सन्देश दिएको बताइन्छ ।
चलचित्रमा जाहन्वीले राजकुमार रावसँग जोडी बनाएकी छिन् । जाहन्वी यो चलचित्र सँगसँगैजसो सार्वजनिक हुने ‘मेन्टल है क्या’मा पनि राजकुमार रावसँगै प्रस्तुत हुनेछिन् ।