साप्ताहिक संवाददाता
आफ्नी गर्लफ्रेन्डले फेसबुकमा अरूको फोटो लाइक र कमेन्ट गरेको झोकमा एक बडीबिल्डरले उनको आँखा फुटाइदिएका छन् । बडिबिल्डर ड्यानी ब्रिजले आफ्नी प्रेमिकाले अरूको फोटो लाइक र कमेन्ट गरेको देखेपछि उनी बसेको अपार्टमेन्टमा गएर कुटपिट गरेका थिए ।
गर्भावस्थामा रहेकी प्रेमिकाले ड्यानीले मोबाइल मागेपछि विवाद बढ्ने कुरा बुझेर आफ्नो मोबाइल उनलाई दिएकी थिइन् । मोबाइल हेरेको केही बेरमै ड्यानी हातपातमा उत्रिएका थिए । प्रेमिकाले जति नै प्रतिवाद गरे पनि बडीबिल्डर ड्यानीले कुटपिट गर्न छोडेनन् । आँखामा लगातार आक्रमण गरेपछि ड्यानीले औंला हालेर उनको आँखालाई फुटाएका थिए ।
उनले अब पेटको बच्चा पनि झिक्छु भन्दै आक्रमण गरेको ती प्रेमिकाले अदालतलाई बताएकी छिन् । आक्रमणपछि ड्यानीलाई उपचार नगरी सोही अपार्टमेन्टमा दुई दिन थुनेर राखेका थिए । पछि ती प्रेमिकाले म्यासेजमार्फत आफूलाई उद्धार गराएकी थिइन् । गत अक्टोबरमा भएको यो घटनाको अदालती सुनवाइमा ड्यानी दोषी रहेको पुष्टि भएको छ ।