जेठ १५ गते : गणतन्त्र दिवस । जेठ १६ गते : अपरा एकादशी ।
मेष
विवादको सामना गर्नुपर्ला । महत्वपुर्ण सभा–सम्मेलनमा सहभागी भइनेछ । कार्यव्यस्तता बढ्नेछ । शौक्षिक क्षेत्रमा लगानी गर्न उत्साह जाग्नेछ । व्यवसाय परिर्वतन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ । चन्द्रमाको आराधनाले थप सफलता दिलाउन सक्छ ।
वृष
अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । आर्थिक संकट तथा निराशामा प्रेमिकाले खुलेर सहयोग गर्नेछिन् । मित्रहरूको सहयोग ढिलो प्राप्त भै अवसर गुम्दा मन खिन्न होला । साताको अन्त्यतर्फ अनुसन्धानात्मक कार्यबाट जस पाइनेछ । पूर्वको यात्रा फलदायी रहनेछ ।
मिथुन
प्रतिस्पर्धीले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । यात्राको अवसर प्राप्त भएसँगै चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ । अध्ययनमा देखिएको दोधारे प्रवृक्ति स्वतः निष्त्रिय हुनेछ । हरियो रंग प्रयोग गर्न सके सहजता महसुस गर्न पाइनेछ । बुधबारपछिका दिनमा जटिलता आइलाग्ने सम्भावना छ ।
कर्कट
रोजगारीको अवसर हात पार्न थप परिश्रम गर्नुपर्नेछ । विदेशी पाहुनाहरूसँगको भेटघाट तथा मनोरञ्जनले मानसिक तनाव कम गर्नेछ । अध्ययनका निम्ति विदेश जाने प्रेरणा तथा सुझाव प्राप्त हुन सक्छ । खानपानको फेरबदलले स्वास्थ्य समस्या आइलाग्ने सम्भावना छ । रातो रंगलाई प्राथमिकता दिए साता अविस्मरणीय रहनेछ ।
सिंह
कलाकौशल देखाएर प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अभिभावकहरूसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै स्वादिष्ट भोजनमा रमाइनेछ । परोपकारमा सक्रिय हुँदा ठूलो आत्मसन्तुष्टि प्राप्त हुनसक्छ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ ।
कन्या
स्वरोजगारीको अवसर पाइनेछ । साथीभाइसँग भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारीवर्गका निम्ति स्थान परिर्वतन वा नयाँ अन्य अवसरको योग छ । महत्वपूर्ण व्यक्तिहरूसँग परिचित भै जिम्मेवारी वहन गर्न पाइनेछ ।
तुला
आफन्तलाई वचन दिँदा ध्यान पुर्याउनुहोला । साथीभाइसँगको उठबसले खर्च वृद्धि गराउनेछ । काममा सफलता हासिल गर्न प्रयत्न दोहोर्याउनुपर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यबाट विपक्षीको षड्यन्त्रलाई निस्तेज पार्न सकिनेछ । भोजन तथा दैनिक जीवनचर्यामा ध्यान पुर्याउनुहोला ।
वृश्चिक
बेग्लाबेग्लै विचार भएका साथीहरूसँग भलाकुसारी गर्दै साता व्यतीत गर्न पाइनेछ । परिवारका सदस्यहरूको संलग्नतामा मांगलिक कार्यमा सहभागी भइनेछ । खरानी रंगको सवारी साधन प्रयोगमा ल्याउन सके विशेष फाइदा मिल्न सक्छ । धन सञ्चयमा विशेष ध्यान पुर्याउनुहोला ।
धनु
भेटघाटले मनोबल उच्च बनाउनेछ । रमाइलो गर्दा खर्चको भार आफैंले बेहोर्नुपर्ला । विशिष्टजनको सल्लाहमा गरिएका कार्यले उचाइमा पुर्याउनेछ । अचल सम्पक्तिको खरिद–बित्रीमा नोक्सान हुनेछैन । शारीरिक श्रम गर्दा स्वास्थ्य अनुकूल रह्नेछ । सप्ताहन्तमा अध्ययनमा अवरोध देखा पर्ने सम्भावना छ ।
मकर
साथीभाइको सुझावमा थालिएको व्यवसायले गति लिनेछ । मनग्य आम्दानी हुने कार्य सञ्चालन गर्न थप लगानी आवश्यक पर्नेछ । सामाजिक जिम्मेवारी कार्यन्वयन गर्दा अपजस आइलाग्न सक्छ । प्रेमी/प्रेमिकाको सुझाव अनुसरण गरे सफलता नजिक पुिगनेछ । सवारी साधन चलाउँदा वा मनोरञ्जन गर्दा सावधानी अपनाए सुरक्षित भइनेछ ।
कुम्भ
आकर्षक पहिरनबाट अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । साताको सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ ।
मीन
मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुगिनेछ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न गर्नुहोला । शारीरिक सौन्दर्यमा ध्यान दिँदा खर्च वृद्धि हुनेछ । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ, सचेतता अपनाउनुहोला ।