साप्ताहिक संवाददाता
क्लव सङ ‘क्यालकुलेटर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अहिलेका चर्चित हाँस्यकलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ ले टिकटकमा भाइरल शिक्षा संग्रौलासँग आकर्षक अभिनय गरेका छन्, कमलमणी नेपाल, मधुसुदन पाठक र गम्भिर बिष्ट लगायतको समेत अभिनय देख्न सकिन्छ ।
भिडियोमा खासगरी आकर्षक युवतीलाई माया जालमा पार्न दुई युवाको कस्तो किसिमको भिडन्त हुन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।
झण्डैं १४ मिनेट लामो भिडियो हेर्न लायक बनेको छ । भिडियो सार्वजनिक भएको केहि समयमै उल्लेख्य दर्शकले हेरेका छन् । भिडियोका अधिकांश भाग काठमाण्डौंमै खिचिएको हो । शंकर थापा र विजयता अधिकारीको स्वर तथा कम्पोमा निर्माण भएको गीतको लिरिक्स डिपी खनालले बनाएका हुन् । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।
नवराज उप्रेतीकोले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् भने अहिलेका चर्चित कोरियोग्राफर गम्भिर विष्टले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुस्