साप्ताहिक संवाददाता
काठमाडौं सहरलाई हाइजेनिक र लोकल स्वाद सर्भ गर्ने हेतुले काठमाडौंको हनुमानस्थानमा क्विन्स किचन सञ्चालनमा आएको छ । झन्डै २ करोडको लगानीमा खुलेको उक्त किचनले मुलुकका विभिन्न स्थानमा पाइने रैथाने स्वादलाई काठमाडौंमै उपलब्ध गराउने बताइएको छ ।
यो रेस्टुराँले भट्टी सेकुवा र भट्टी मःम पनि उपलब्ध गराउनेछ । क्विन्स किचनले ग्राहकलाई किलोका हिसाबले सेकुवा उपलब्ध गराउनेछ । म्यानेजर रवि भट्टका अनुसार चिकेन सेकुवा प्रतिकिलो १ हजार, लोकल चिकेन सेकुवा प्रतिकिलो २ हजार रुपैयाँ, मटन सेकुवा प्रतिकिलो १ हजार ८ सय रुपैयाँ, कालिजको सेकुवा प्रतिकिलो ५ हजार ५ सय रुपैयाँ, ट्राउटको सेकुवा प्रतिकिलो २ हजार ४ सय रुपैयाँ तथा बट्टाईको सेकुवा १ हजार ३ सय रुपैयाँमा उपलब्ध हुन्छ । १९ आना क्षेत्रफलमा फैलिएको यो रेस्टुराँमा त्यसका अतिरिक्त अन्य विभिन्न स्थानीय परिकारको स्वादसमेत लिन पाइनेछ ।