साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
पानी पर्दा जुत्ता भिज्ने समस्यालाई मध्यनजर गरी विशेष प्रकारको जुत्ताको विकास गरिएको छ । यसमा पानी पर्यो भने पनि भिज्दैन अर्थात पानी, चिया वा कफीलाई बाहिरै रहन्छ । यसका लागि पाँच तहको प्रोटेक्सन फेब्रिक प्रयोग गरिएको छ ।
बेलायतको भी–टेक्स कम्पनीले तयार गरेको यो जुत्ता हलुका हुनुका साथै निकै स्टाइलिस पनि छ । यसको सोल अत्यधिक लचिलो फोमबाट तयार गरिएको छ । यसमा भएको हलुका एन्टी ब्याक्टेरियल फेब्रिकका कारण जोर्नी वा खुट्टाको तल्लो भागमा दबाब महसुस हुँदैन ।
यसको मूल्यका बारेमा केही बताइएको छैन । आगामी अगस्ट महिनासम्म यो जुत्ता बजारमा उपलब्ध हुनेछ ।