साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
स्वयंवरमा औंठी आदान–प्रदान गर्ने चलन धेरै सम्प्रदायमा छ । विवाहमा स्वयंवरको औंठीको महत्व बहुमूल्य हुने हुँदा धेरैले महँगा औंठी नै प्रयोग गर्छन् ।
औंठीको मूल्य महँगो भएर मात्र बहुमूल्य हुने होइन, मायाले गर्दा नै त्यो बहुमूल्य हुने देखेर एक पुरुषले आफ्नी प्रेमिकालाई आफ्नै केशबाट तयार पनरिएको औंठी स्वयंवरमा लगाइदिएका छन् ।
श्रीमान्कै कपालको रौंको औंठी पाएपछि त्यसलाई अनौठो मानेर ती प्रेमिकाले सामाजिक सञ्जालमा अपलोड गरिन् अनि त्यसपछि के चाहियो र ? प्रतिक्रिया र बधाईको ओइरो !