हङकङमा सगरमाथा दिवस २०१९ सम्पन्न गरिएको छ । सगरमाथाको गरिमालाई विश्वमा फैलाउँदै पर्यटन प्रर्वद्धन गर्नका लागि आयोजना गरिएको दिवसमा पदयात्रा गरिएको थियो । एभरेष्ट हाईक नाम दिईएको पदयात्रा सेन्ट्रलबाट माउण्ट अस्टिन हुँदै भिक्टोरिया पिकमा सम्पन्न भएको हो ।
सगरमाथा हाम्रो गरिमा, भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गरौं अंकित ब्यानर र टिसर्टसहित नेपालको राष्ट्रिय झण्डा बोकेर सहभागीहरु पदयात्रामा सामेल भएका थिए ।
नेपाली महावाणिज्यदूतावास र एनआरएनए हङकङको संयुक्त आयोजनामा सम्पन्न दिवसमा नेपाली संघसस्थाका प्रतिनिधी, ब्यापारी, बुद्धिजिवी, बिद्यार्थी लगायतको सहभागीता थियो ।
हरेक बर्ष आयोजना गरिने सगरमाथा दिवसमा नेपालीहरुको उत्साहजनक सहभागीताले गौरवान्तित महशुस भएको आयोजक एनआरएनएका अध्यक्ष टिका गुरुङ बताउाछिन ।
विदेशी भूमिमा नेपालको राष्ट्रिय झन्डा फहराउादै गरेको पदयात्राले भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गर्न सहयोग पुग्ने महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए ।
‘भिजिट नेपाल, जीवनभरिको अनुभव’ हाम्रो स्लोगन अनुसार यस्ता कार्यक्रमहरुले पर्यटन प्रर्वद्धनमा विशेष भूमिका निर्वाह गर्छ उनले थपे ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाईला राखेको ६३ बर्ष पुरा भएको छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटरको संसारकै अग्लो शिखरमा पाईला राखी संसारलाई अचम्मित बनाउादै मानविय साहसको परिचय दिएको खुसीयालीमा मेई महिनामा सगरमाथा दिवस संसारैभरि मनाईन्छ ।
तस्बिर : विक्रम गुरुङ