साप्ताहिक संवाददाता
नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको छ ।
समारोहमा रमेश दाहालको जननी जन्मभूमी गीतबाट गायक रमेश दाहालले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।
चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको रहर छ संगै..गीतबाट सवोत्कृष्ट गायकको अवार्ड जिते भने यही गीतबाट गायिका अञ्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को भिजिट भिसामा गीतका लागि शम्भूजीत बासकोटा पाए भने सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी’ गीतका लागि बि.पाण्डेले पाए । चलचित्र चौका दाउको राधा पियारी गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को जिन्दगी नै भन्दिन गीतबाट यो सफलता पाएका हुन् ।
चन्द्र सिंह घले (सहारा बनी) तथा करुणा सिम्खडा (दिलको राजा) ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले मायालु तिमी गीतबाट सर्वोत्कृष्ट गीतकार (पप) को अवार्ड जिते । पपतर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले शब्द...गीतबाट जिते भने मस्त जवानी..गीतबाट राजेन्द्र बजगाईंले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैंलाई...’ गीतबाट सवोत्कृष्ट पप गायिकाको अवार्ड जितिन् भने कमल खत्रीले जाउँला रेलैमा..गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोकपप विधामा छाता बोकी गीतबाट भूपु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।
राजकुमार श्रेष्ठले निष्ठुरी भनुँ...गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते भने डा.डिआर उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले रात पनि गीतबाट जुरी अवार्ड पाएन् ।
सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड संगीतकार मोहित मुनालले पाए । उनले ‘पीच रोड...’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउने...बाट जुरी अवार्ड हात पारे ।
आधुनिक संगीतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले जिते । उनले जितेर पनि..गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा बिनोद पछाईं (तिम्रा हजार) ले जुरी अवार्ड पाए ।
गायक आशिष सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने...’ गीतबाट सर्वोत्कृष्ट यूगल गीतको अवार्ड जित्न सफल भए ।
लोक तथा दोहोरी विधातर्फ चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड पाए भने शिव हमालले लालुमाई गीतबाट सवोत्कृष्ट लय संकलकको अवार्ड जिते । मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते भने बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते । दलित शीर्षकको गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जिते भने बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायांकारको अवार्ड हाल पारे । हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले सर्वोत्कृष्ट नव गायकको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ (जिमी) ले जितिन् । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।
गायक शिव परियारले तिमी नै मेरो सास...गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकका अवार्ड जिते भने यही विधामा अटालिका गीतबाट गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए ।
तिम्रा हजार...गीतबाट महेश्वरमान राजभण्डारीले सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड जिते भने प्रकाश केसीले प्याप्या झ्यामबाट यही विधाको जुरी अवार्ड जिते ।
अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनकि विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड जित्न सफल भए ।
टीका बम्जनले फनफनी घुमेको गीतबाट तामाङ सेलोतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने मिङ्स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।
मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए ।
समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक/गायिकाको अवार्ड जिते ।
पप तथा आधुनिक विधातर्फ सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोवन गीतबाट जित्न सफल भए भने यही विधातर्फ सर्वोत्कृष्ट छायांकारको अवार्ड मन मगन..गीतका लागि अनिल के मानन्धरले जिते । निकेश खड्काले गल्ती...गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए । पवन सुस्लिङले हेरी रहँ..गीतबाट सर्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले किन लाग्छ...गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए ।
सर्वोत्कृष्ट गायकको अवार्ड ढल्क्यो बरबाट रामजी खाँडले जिते भने भाग्यमानी गीतबाट देवी घर्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । हत्ते हालिन्छ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले बलिदान..गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । मकैसिंह डाँडा..गीतबाट सुजन परियारले सर्वोत्कृष्ट नव गायकको अवार्ड जिते भने आउनु माया...गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको अवार्ड जितिन् ।
समारोहमा एसियन म्युजिकले सर्वोत्कृष्ट म्युजिक कम्पनिको अवार्ड जित्यो भने सालको पात टपरी...गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो ।
काठमाडौंमा आयोजित एक समारोहमा नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउने संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशी सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रंग पक्रकारिताको क्षेत्रमा त्रियाशिल रहँदै नेपाली गीत, संगीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान पुर्याए वापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो । त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान प्रदान गरियो भने गायक अमन प्रदानलाई प्रतिभा सम्मान अर्पण गरियो ।