साप्ताहिक संवाददाता
जेष्ठ १४, २०७६
चलचित्र रणवीर व्यवसायिक रूपमा असफल भयो । चलचित्र असफल भए पनि त्यसमा अभिनय गर्ने केही कलाकारले भने घाटा बेहोर्नु परेन । त्यसको उदाहरण हुन्– अभिनेत्री सुपुष्पा भट्ट । आफ्नो पहिलो चलचित्र भए पनि उक्त चलचित्रमा सुपुष्पाको अभिनय तथा सौन्दर्यको प्रशंसा भयो ।
आकर्षक व्यक्तित्व, सुन्दर मुहार तथा राम्रो अभिनय क्षमताका कारण सुपुष्पालाई नया–नयाँ चलचित्रबाट प्रस्ताव आइरहेका छन् । अध्ययन तथा परीक्षाका कारण उनले केही राम्रा चलचित्रलाई समय दिन भ्याइनन् ।
यतिबेला रोज राणाको चलचित्र खलनायक–२ मा अनुबन्ध हुने त्रममा रहेकी सुपुष्पालाई हरेक दिनजसो भोजपुरी चलचित्रबाट प्रस्ताव आउन थालेको छ । ‘यद्यपि, मैले अहिलेसम्म कुनै पनि भोजपुरी चलचित्र साइन गरिसकेकी छैन, सुपुष्पा भन्छिन्– उनको पहिलो प्राथमिकता भने नेपाली चलचित्र नै हो ।