साप्ताहिक संवाददाता
गर्मीमा चिल्ड बियरको कल्पना गर्दै आनन्द आउँछ भने पिउँदा के होला ? हामी धेरैजसो बियरलाई चिल्ड गरेर निट पिउँछौं । यसरी पिउनुमै बियरको वास्तविक स्वाद र आनन्द आउँछ भन्नेहरू धेरै छन् । यही बियरमा केही अरू खानेकुरा हालेर ककटेल बनाई पिउने हो भने मदिराका पारखीहरूले बियरमा पनि नौलो किसिमको स्वाद र आनन्द प्राप्त गर्ने पक्का छ । गर्मीमा सोझै बियर पिउने पारखीहरूले बियरको यो ककटेलबाट पक्कै पनि नौलो टेस्ट प्राप्त गर्नेछन् ।
बियररिटा
बियररिटा नामले नै यो महिलाहरूलाई मनपर्ने ककटेल हो भन्ने बुझिन्छ । यो बियरको ककटेल बनाउन ४ वटा क्यान बियरमा एक कप टकिला र एक क्यान चिसो कागतीको पेय मिसाउने । यसरी मिसाइएको बियररिटालाई गिलासमा खन्याउने र आइसको धूलो माथिबाट हालेर पिउने ।
लेमन स्याण्डी
एक गिलास वियरमा चार चम्चा कागतीको रस हाली राम्रोसँग चलाउने । ककटेलको स्वादमा फरकपन ल्याउन पुदिनाको पात हाल्ने र माथिबाट आइसक्युव एक टुक्रा तथा पातलो गरी काटिएको कागतीको टुक्रा हालेर गर्निस गर्ने । यो ककटेलले गर्मीमा थप शीतलता प्रदान गर्नुका साथै वियरको स्वादमा पनि फरकपन ल्याउँछ ।