साप्ताहिक संवाददाता
जेष्ठ १४, २०७६
गायिका मेलिना राईलाई यतिबेला भ्याइ–नभ्याइ छ । उनी चलचित्रको पार्श्व गायनमा त सक्रिय छिन् नै, एकल तथा यूगल आधुनिक गीतमा पनि उक्तिकै सत्रिय छिन् ।
राईले गाएका नयाँ–नयाँ गीतका म्युजिक भिडियो हरेक साताजसो सार्वजनिक भैरहेका हुन्छन् । तीमध्ये कतिपय गीत लोकप्रिय हुन्छन् ।
पछिल्लो समय मेलिनाले गायक रमेश पाठकसँग गाएको एउटा युगल गीतले दर्शकको मन जितेको छ । युट्युबको ट्रेन्डिङमा समेत परिसकेको के गर्ने के गर्ने माया शीर्षकको उक्त गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ ।
अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री पूजा शर्माको अभिनय तथा नृत्यको उक्त गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।