साप्ताहिक संवाददाता
अभिनेता सवीन श्रेष्ठ पछिल्लो समय खासै चलचित्रमा देखिएका छैनन् । त्यसो त उनले अभिनय गरेका चलचित्र हलमा लागे–नलागेको समेत पत्तो हुँदैन ।
चलचित्र ‘हिरो रिर्टन्स’ निर्माण गरिसकेका सवीनले चलचित्र तयार भएको लामो समयसम्म पनि यो चलचित्र हलमा ल्याउन सकेका छैनन् । केहि कारणले उनले यो चलचित्र प्रदर्शन गर्न नसकेको जनाएपनि बजारमा भने उनले निर्माण तथा अभिनय गरेको यो चलचित्र अर्कै ब्यक्तीलाई बिक्रि गरिसकेका छन् । अब ति स्रोतले दावी गरेअनुसार यो चलचित्र युट्युवमा आउन सक्ने सम्भाबना धेरै छ, हलमा आउन सक्ने सम्भावना धेरै कम ।
अभिनेता श्रेष्ठले हालै एक प्रशंगमा आफु चलचित्र क्षेत्रबाट कमाएको रकमलेनै जिबिका चलाइरहेको बताएका छन् । उनले भने, ‘यो फिल्ड एकदमै राम्रो छ, पहिला जस्तो चाउ–चाउ खाएर काम गर्नुपर्छ भन्ने छैन । साइड रोलमा काम गर्नेले समेत राम्रो पारिश्रमिक पाएको देखिन्छ ।’ उनले हरेक जसो चलचित्रमा राम्रो रकम लिएर काम गरेको बताउँदै चलचित्र क्षेत्रमा आफ्नो चलचित्र क्षेत्रमा फ्युचर राम्रो देखेको बताए ।
हाल नेपाली चलचित्र क्षेत्र निकै सुध्रिएको बताउँदै अभिनेता श्रेष्ठले करोड लगानी गरिएको चलचित्रले १०–१२ करोडसम्म कमाई गर्नु चानेचुने कुरा नभएको उनको भनाई छ । डेढ दर्जनको हाराहारी चलचित्रमा काम गरिसकेका श्रेष्ठ हाल एक चलचित्रको छायाँकनमा ब्यस्त छन् भने उनले काम गरेका केहि चलचित्र प्रदर्शनको तयारीमा छन् ।