साप्ताहिक संवाददाता
जे लाए पनि गर्मी हुन्छ मलाई त, नाङ्गै हिँडूँ कि जस्तो लागिरहेको छ ।
सुदिन
बिहान–बेलुका नुहाउने, क्राँका धेरै खाने, चिसो दही खाने अनि शीतलमा बस्ने, दिउँसो घाममा यताउता जानुपर्यो भने बाक्लो छाता ओढ्ने ।
दीपक तामाङ
दिनभरि एसी जडान गरिएका बैंक अनि मलहरूतिर घुम्ने ।
चारघरे कान्छा
सूर्यले घुस खाँदैनन्, अब केपी बाले कुनै नयाँ योजना ल्याउँछन् कि ?
शाही सूर्य
फिलिङ हट भनेर सोसल साइटमा स्टाटस हाल्ने ।
युजेन महर्जन
चलाख हुनुको पनि सीमा हुन्छ नि ! आफूलाई गर्मी छल्ने उपाय नआएपछि हामीसँग प्रश्न सोध्ने ? म त मरिगए भन्दिनँ ।
धनकुमार योन्जन
नजिकको कुनै प्राइभेट बैंकमा जाने, दिनभरि एसीमा बसेर बेलुका घर फर्कने ।
मनदीप पौडेल
लाटो सम्झिएको हो ? गर्मी छल्न घाममा ननिस्किने नि, कुरै खत्तम ।
भरत भण्डारी निराशी
कपाल खौरिने, खोलामा पौडिने, कट्टु–गन्जी लगाउने र सिम्लेका ढुंगामा मस्तसँग सुत्ने ।
डी चिरन जिभी
केटीहरूले फूल बाहुलाको कमिज र पाइन्ट लगाउने, केटाहरूले मिनिस्टक, सक्किगो नि ! नयाँ जमाना भन्छन् । गर्मीमा कुल हुन फेसन पनि नयाँ ? कस्तो कुरा नबुज्या ?
नवराज भुमरी आचार्य
अरबतिर आउनुहोस्, सिकाइदिउँला । यता ४५ डिग्री तापक्रम छ । यतिबेला अरबमा काम गर्ने हामी नेपाली दाजुभाइलाई थाहा छ, गर्मी कसरी छल्ने भन्ने कुरा ?
वसन्त सापकोटा
सगरमाथा खरिद गरी चुचुरोमा घर बनाउने विषयमा गम्भीर चिन्तन गर्दैछु । तपाईंहरूलाई पनि चाहियो भने सम्पर्क गर्न अनुरोध छ ।
विष्णु पन्थी
घरभित्र बसेर पंखा चलाउनुभन्दा अर्को उपाय छैन हजुर । अर्को वर्ष पनि त्यसै गर्नुपर्ने बाध्यता छ, अब रूख लगाऊँ भने ठाउँ छैन । अरूको बारीमा लगाऊँ मारिहाल्छन्, आफ्नोमा ठाउँ पुग्दैन । पीडा छ हजुर । अँ, गर्मीमा घमौराचाहिँ नकन्याउनुहोला ।
जीवन बिमा
के गर्नु दाजु, चौतारा मासिहाले, पार्कहरूमा सटर हालेर व्यापार गर्न थालिसके । तालतलैया पौडी खेल्न लायक छैनन्, उही घरभित्र बसेर ह्याप्पी समर त भन्ने होला नि !
तरु पाक
पानी प्रशस्त मात्रामा पिउने, बाहिर घाममा निस्कँदा केटा हुन् वा केटी छाता ओढ्ने । नोट ः केटाहरूलाई छाता ओढ्न अप्ठ्यारो लागे पिरतीको छाता सम्झेर ओढौं ।
सन्दीप सुवाल
खोलामा पौडी खेल्ने, कपाल तक्लु बनाउने, सेतो रंगका पहिरनमा जोड दिने, छाता ओढेर हिँड्ने अनि फ्यान खोलेर मज्जाले सुत्ने ।
पृथक्
पानीमुनी घर बनाउने ।
श्री श्रेष्ठ
पानी बढी पिउने, फलफूलको रस तथा चिसो पेय पिउने, हिँड्दा छाता, चस्मा, क्याप, छत्रे टोपी आदि प्रयोग गर्ने ।
पदम बीके
केपी ओलीको उखान टुक्का सुनेपछि गर्मीसर्मी सबै छुमन्तर हुन्छ भन्या ।
मोहन गौतम
नेपालको तीन भागमा तीन फरक–फरक मौसम छ, ती तीनवटै ठाउँमा तीनवटा घर बनाउने अनि जता सजिलो लाग्छ उतै सर्ने ।
रश्मि मल्ल ठकुरी
प्रकृतिको नियम, जाडो र गर्मीलाई नि ढाँट्न–छल्न सकिन्छ र ? कस्तो प्रश्न क्या ? गर्मीबाट जोगिन पंखा चलाएर बस्ने, चिसो बढी पिउने ।
देव भुजेल
दार्चुला आउनुहोस्, यार्सा पनि टिप्नु, भ्रमण नि गर्नु, पैसा पनि कमाइने अनि गर्मीबाट पनि जोगिने ।
विष्ट एस विष्ट
साप्ताहिकको कार्यालयमा एसी छ कि छैन ? छ भने आफ्नै अफिसमा बस्ने, छैन भने गर्मी खाने ?
दीपक पौडेल कान्छा
नेपालमा वैशाख–जेठ महिनामा नभएको गर्मी कहिले होला ? गर्मी मानिसको रहर नभएर बाध्यता भएकाले यसबाट उत्पन्न तापबाट कसरी छलिने ? त्यो कुरा तपाईं आफैं जान्नुहोस् । हामी भित्री मधेसका मानिसका लागि लागि नो टेन्सन ।
भुपाल थापा