साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७६
ग्ल्यामरस ड्रेस सधैं एउटै ट्रेन्डमा चल्नु पनि राम्रो मानिँदैन । यसमा बेला–बेलामा परिवर्तन अनि परिमार्जन आउनैपर्छ । अझ गर्मीमा समुन्द्र तट होस् वा स्वीमिङ पुलमा, विशेषतः युवतीले ग्ल्यामरस देखिन लगाउने बिकिनीमा परिवर्तनको खाँचो सबैभन्दा बढी देखिन्छ ।
अहिले चलिरहेको बिकिनी लगाउँदा क्लिभेज (दुवै स्तनको बीचको भाग) देखिने किसिमको हुन्छ । यो शैलीको बिकिनीको डिजाइन चलेको धेरै भएपछि अहिले इन्स्टाग्राममार्फत नयाँ किसिमको बिकिनी लोकप्रिय हुन थालेको छ । यो नयाँ बिकिनी लगाउँदा स्तनको केही तल्लो भाग पनि देखिन्छ । यो स्टाईललाई ‘अन्डरबुब बिकिनी’ नाम दिइएको छ ।