मध्यरातमा खाडी मुलुकको उडान भर्न तम्तयार भएको पाइलटको मोबाइलको
घण्टी बज्छ ।
पाइलट : हेल्लो
उताबाट आवाज आउँछ :‘हेल्लो हजुर, मैले सार्है नराम्रो सपना देखेँ, मिल्छ भने हजुर आफ्नो फ्लार्ईट क्यान्सिल गरी हामीसँगै बस्नुस् न ।’ (श्रीमती र छोरा छोरीको फोन हुन्छ ।)
पाइलटस : तिम्रो सपनालार्ई थाती राख प्रिय, म अहिले सयौँ नेपालीको सपना साकार पार्न उनीहरूसँगै खाडी मुलुकतर्फ जाँदैछु ।
उताबाट आवाज आउछ : ‘ए हजुर ! अरूको सपना साकार पार्नका लागि तपाईं–हामीलार्ईर् बिर्सन सक्नुहुन्छ र ?’
पाइलट : मलिन र थकित आवाजमास
हेर प्रिय सोचे र सम्झेजस्तो जिन्दगी कहाँ हुन्छ र सबैको, जहाँ कैयौं इच्छा र चाहनालार्ईर् एउटै बाध्यताले मार्नुपर्ने पनि
हुँदो रहेछ ।
उताबाट उदासीन
आवाज आउँछ,
खै के भनौं र अब, केही
बोल्नै सकिनँ...,
(सुँक्क–सुँक्क रुँदै गरेको आवाजमा)
शुभ यात्रा
पाइलट : के गर्छौ प्रिय, जमिनमा हुनेले ती पाइलट जसरी नै आकाशमा उड्न पाए हुन्थ्यो भनी प्रार्थना गर्छन्, तर हामी आकाशमा उड्नेहरूले सकुशल जमिनमा उत्रन पाए हुन्थ्यो भनेर प्रार्थना गरिरहेका हुन्छौं ।
यत्तिकैमा जहाजले धावन मार्ग छोड्छ र केही घण्टापछि ती थकित पाइलटले श्रीमतीको फोनमा म्यासेज छोड्छन्, ‘वी आर सेफ्ली ल्यान्डेड’ म्यासेज हेरेपछि पाइलटकी श्रीमतीले मनमनै भन्छिन्, थ्यांक्स गड ! धन्न मेरो सपनालार्ईर् सपनामै सीमित गरिदिनुभयो ।
नोट : हरेक सपना पूरा होस् भन्ने चाहना पनि कहिलेकाहीँ घातक सावित हुन सक्छ ।
पाँचपोखरी, सिन्धुपाल्चोक