साप्ताहिक संवाददाता
स्कटल्यान्डको एबर्डीन मुकुल दाहालको एकल काव्य साँझ सम्पन्न भएको छ । डायस्पोरामा रहेको संस्थाले डायस्पोरामै रहेका कविलाई समेटेर आयोजना गरेको यो नै पहिलो कार्यक्रम हो । नर्थ एन्डरसन ड्राइभमा अवस्थित चर्चको सभाहलमा भएको कार्यक्रमको सुरूवात अनुसन्धानकर्ता तथा कवि मधु सुवेदीको स्वागत मन्तब्यबाट भएको थियो ।
त्यसपछि काव्य समुहका संस्थापक तथा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष कवि नविन क्षेत्रीले मुकुल दाहालको बारेमा तयार पारिएको श्रब्यदृश्य प्रस्तुत गरिएको थियो जस्मा कवि दाहालको लेखनसँग सम्बन्धित साहित्यकारहरू कृष्ण धरावासी, युवराज नयाघरे, अमर न्यौपाने, शैलेन्द्र साकार र गोपी सापकोटाका विचारहरू समेटिएका थिए ।
अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागीता जनाएका थिए । दुइ चरणमा प्रस्तुत गरिएको कार्यक्रमको मध्यभागमा स्थानीय कलाकारहरू टक थापा, रेनुका ढकाल र सीमा दर्नालका सांगितिक प्रस्तुति रहेका थिए ।
कार्यक्रमको पहिलो चरणमा दाहालले आफ्ना सिर्जना सुनाएका थिए । देशमा आफ्ना बुवा/आमाको देहान्त भएको बेला परदेशबाट अन्तिम संस्कारमा जान नसक्दाको पीडालाई विषय बनाइ लेखिएको कविता ‘परदेशबाटै आमाको विदाई’ वाचन गर्दा श्रोताहरू भावुक भएका थिए ।