साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७६
काठमाडौं
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र भदौको २७ गतेदेखि प्रदर्शन हुने भएको निर्माण पक्षले जनाएको छ ।
सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, बिष्णु देवाको कोरियोग्राफी छ भने सौरभ लामाले खिचेका हुन् ।
सिमा गुरुङको कथा, महेश दवाडी र सम्राट बस्नेतको पटकथा, सम्राट बस्नेतको एक्सनमा निर्माण गरिएको चलचित्र नेपालभन्दा धेरै विदेशमा खिचिएको छ ।
चलचित्रमा विक्रम जोशी, अनुपविक्रम शाही, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, परि राना, विक्रान्त बस्नेत, लिसा सुनार, छुल्ठिम गुरुङको अभिनय रहेको छ । यो चलचित्रमा बलिउड नायिका सन्नी लियोनीले एउटा गीतमा आइटम डान्स गरेकी छिन् ।