साप्ताहिक संवाददाता
अभिनयमा खासै जम्न नसकेकी पुर्व मिस नेपाल मलिना जोशी अहिले थाइल्याण्डमा छिन्, प्रेमीसँग । उनको साथमा छन्, जिम ट्रेनर सुशान्त प्रधान । केहि दिनअघि थाइल्याण्ड गएका उनिहरुले खुलेरै मस्ति गरिरहेको देखिएको छ ।
मलिनाले इन्स्टाग्राममा सुशान्तसँगका केहि तस्विर तथा भिडियो पोस्ट गरेकी छिन् । उनले सार्वजनिक गरेका फोटो र भिडियोका कारण मलिना अहिले चुर्लुम्म मायामा डुबेको आशंका गर्न सकिन्छ । मलिनाले सुशान्तसँग खिचाएको एक तस्विरमा भनेकी छिन्, ‘जव हामिले मिठो खाना खायौं ।’
समुन्द्रको बिचमा स्पिड बोटमा यात्रा गर्दै गरेको एउटा भिडियो समेत शेयर गरेकी छन् । भिडियोमा उनको पछाडि सुशान्त छन् र उनले मलिनाको हात समातिरहेका छन् । तर, भिडियोमा सुशान्तको पूर्ण अनुहार देखिएको छैन ।
यसअघि अनुपविक्रम शाहीसँग केहि समय प्रेममा रहेकी मलिना केहि महिनादेखि सुशान्तसँग अफेयरमा रहेको बजारमा हल्ला छ ।