साप्ताहिक संवाददाता
स्कुल अफ फुड आर्ट—सोफाले आज शुक्रबार र भोलि शनिबार निःशुल्क बारिष्टा वर्कसपको आयोजना गरेको छ । कालिमाटीस्थित स्कुल अफ फुड एन्ड आर्टमा हुने उक्त वर्कसप दुई चरण बिहान १० बजेदेखि १ बजेसम्म तथा २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । कफी बनाउने सीप अभिवृद्धि गर्ने उद्देश्यसहित बारिष्टा वर्कसप गर्न लागिएको सोफाका एक्जुकेटिभ डाइरेक्टर सुमन थापाले बताए ।
फ्याबुलस फ्राइडे
आज शुक्रबार कुमारीपाटी ललितपुरस्थित नाइट बजले फ्याबुलस फ्राइडेको आयोजना गरेको छ । ७ बजेदेखि रोयलको लाइभ पफर्मेन्स रहने उक्त इभेन्टमा निःशुल्क प्रवेश छ । यो इभेन्ट राति ११ बजेसम्म चल्नेछ । त्यहाँ एसियन, चाइनिज तथा कन्टिनेन्टल फुडहरूका साथ रमाइलो गर्न सकिनेछ ।
दीपक बज्राचार्य शो
स्थानः लस इस्कोबार्स, गैरीधारा
मिति : जेठ १७ गते शुक्रबार
समय : साँझ ७ बजेदेखि राति १ बजेसम्म
आकर्षण : ब्याकअप ब्यान्डसहित गायक दीपक बज्राचार्यको एकल प्रस्तुति ।
आयोजक : लस इस्कोबार्स