साप्ताहिक संवाददाता
कुनै बेलाकी सक्रिय अभिनेत्री रेजिना उप्रेतीले करिब ६ वर्षको विश्रामपछि पुनः चलचित्रमा फर्कने सम्भावना देखाएकी छिन् । वैवाहिक जीवनमा बाँधिएपछि अभिनयबाट टाढा भएकी रेजिना पछिल्लो समयमा भने चलचित्रका सार्वजनिक समारोहहरूमा बाक्लै उपस्थित हुन थालेकी छिन् ।
प्रदर्शन हुने हरेक नेपाली चलचित्रलाई सामाजिक सञ्जालमार्फत बधाई दिन पछि नपर्ने रेजिना अहिले आफ्नो शरीर समेत ‘मेन्टेन’ गर्न थालेकी छिन् । हालै एक चलचित्रको प्रिमियर शोमा सहभागी भएकी रेजिना फेसनेवल पहिरनमा प्रस्तुत हुँदै चलचित्रकर्मी तथा सञ्चारकर्मीको नजरमा पर्न सफल भइन् ।
त्यसक्रममा रेजिनाले आफू चलचित्रमा फर्कन आतुर रहेको धारणा समेत व्यक्त गरिन् । ‘अब भने म चलचित्रमा काम गर्न तयार भएकी छु, रेजिनाको भनाइ थियो– राम्रो चलचित्रबाट प्रस्ताव पाउने प्रतिक्षामा छु । रेजिनाको अभिनयमा कमब्याक गर्ने रहर चाँडै पूरा होस्– शुभकामना ।