साप्ताहिक संवाददाता
सबैको आ–आफ्नै स्वतन्त्र जीवन हुन्छ । कोही कसैका दास हुँदैनन् । को के गरिराछ, चियोचर्चा गर्ने समय आफ्ना लागि खर्चिनुस् अनि आफ्नै जीवनलाई सार्थक बनाउनुहोस् ।
माया त्यो व्यक्तिलाई दिनुहोस्, जसलाई त्यसको साँच्चै जरुरत छ ।
चौध दिनको पर्खाइ बाँकी छ ।
बुद्ध जयन्तीको शुभकामना सम्पूर्णमा । आधुनिक बुद्धदेखि सावधानी अपनाऔं ।
तिमी र मैले देखेका हरेक सपना राराको सपना तुहिए जस्तो भयो– लौ शुभराक्री ।
किन मान्छे दिनानुदिन त्रुर बन्दै गैरहेको छ ? सम्पत्ति, पद, पावर, विलासिता र यौन आशक्तिले हामी र हाम्रो समाज कता लागिरहेको छ ? के यही हो लोकतान्त्रिक समाज ? दिनानुदिन यति वर्षकी बालिका, यति वर्षकी महिला, यति वर्षकी वृद्धाको बलात्कार, बलात्कारपछि हत्या, बोक्सिको आरोपमा मलमुत्र ख्वाइयो, बोक्सीको आरोप लगाएर पिटिपिटी मारियो, दाइजोको निहुँमा जिउँदै जलाइयो, शरीरमा एसिड छ्यापियो...कहिलेसम्म सुन्ने यो सब ? महिला राष्ट्रपति भएको, महिलाले न्यायाधीशको अभ्यास गरिसकेको यो देशमा खोइ कहाँ छ महिला अधिकार अनि सुरक्षाको प्रत्याभूति ? के अब अर्की दस्युसुन्दरी फुलनदेवी जन्मनै पर्ने हो ??? अति भयो अति । अहिले आवाज नउठाए कहिले उठाउने, हामीले नबोले कसले बोल्ने ?