यो विश्वकप धेरै अर्थमा पहिलो विश्वकप जस्तै रह्यो । सहभागी देश, खेल संख्या, आयोजक राष्ट्र, खेल फम्र्याटको दृष्टिले पहिलो विश्वकप भन्दा फरक रहेन । यो विश्वकपका लागि ६ टेस्ट राष्ट्र टोलीबाहेक १९७९ आईसीसी ट्रफीका फाइनल टोली श्रीलंका (विजेता) र क्यानाडाले पनि सहभागिता पाए । यस विश्वकपमा वेस्ट इन्डिजका गोर्डन ग्रिनिजले सर्वाधिक रन (२५३) बनाए भने इंग्ल्यान्डका माईक हेन्ड्रिकले सर्वार्धिक विकेट (१०) लिए ।
सेमी फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ९ रनले तथा वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ रनले पराजित गरी फाइनल प्रवेश गरे । लडर््स मैदानमै भएको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर सुरुमा फिल्डिङ रोजे ।
भिभियन रिचार्ड्सको शतकको मद्दतमा वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २८६ रन खडा गर्न सफल भए । जवाफीमा इंग्लिस ओपनर जोडी माईक ब्रियरले र जियोफ बायकटले ३८ ओभरसम्ममा केवल १२९ मात्र रन बनाएका कारण आवश्यक रन रेट निकै बढ्यो । पछि ग्राहम गुचले थोरै उकासेर दुई विकेटको क्षतिमा १८३ रनको स्थितिमा पु¥याए, तर उनको पतनस“गै इंग्ल्यान्डले थप ११ रनका लागि ८ विकेट गुमाएका कारण वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ९२ रनले पराजित गरी दोस्रो पटक ट्रफी माथि कब्जा जमाए । फाइनल खेलमा भिभियन रिभार्डस् म्यान अफ द म्याच घोषित भए ।