सुन्दर युवतीहरूको योनिरसले भिजेको पेन्टी, महिनावारी हुँदाको पेन्टी तथा उनीहरूले लगाएको ब्रा सुँघेर यौनसम्पर्क गर्दा चरम आनन्दको अनुभूति हुन्छ । यो के भएको होला ?
-एबीसी
गन्ध हाम्रो जीवनको अभिन्न भाग हो र गन्धको प्रकार हेरी त्यसको सकारात्मक वा नकारात्मक प्रभाव पर्छ । होम, धूप, सुगन्धित मैनबत्ती, अत्तर अनि सुगन्धित फूल तथा फलको प्रयोग स्थान र कार्य विशेषमा भएको पाइन्छ । अहिले उपचारका लागि पनि सुगन्धको फ्रयोग अर्थात aromatherapy (सुगन्ध चिकित्सा)को समेत विकास भैसकेको छ ।
मानव गन्ध र यौन
कीट–पतङ्ग वा जनावरको तुलनामा हामीमा सुँघ्ने अर्थात् घ्राणशक्ति निकै कम हुन्छ र एक–आपसमा सञ्चार गर्न हामी उनीहरूले जस्तो गन्ध प्रयोग गर्न सक्दैनौं । यद्यपि अहिले हामीलाई चेतन रूपमा थाहै नहुने भए पनि हाम्रो दैनिकी तथा यौन जीवनमा यसको प्रभाव रहन्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
यौनका सन्दर्भमा लामो समयसम्म मानिस गन्धमा भर नपरी दृष्टिमा भर पर्छ भन्ने मानियो तर पछिका अनुसन्धानले गन्धको प्रभाव यौनसाथी चयन गर्ने कार्यमा पर्ने देखियो । हामीलाई थाहै छ मानव भावना अनि यौनमा सुगन्धको प्रभाव पर्छ । मानव पसिना, पिसाव, सास, थूक, स्तनवाट निस्कने दुध, छालाका ग्रन्थिबाट निस्कने तैलीय पदार्थ वा यौन रस सबैमा सुगन्ध सम्प्रेषण गर्ने (scent-communicating compound) यौगिकहरू हुन्छन् । यस्ता कतिपय कतिपय गन्ध मानवले स्पष्ट गन्धका रूपमा थाहा नपाउन सक्छ । यस्ता यौगिकहरू वा भनौं मानव pheromones को स्रोत के हुन सक्छ ? विशेष गरेर हाम्रो छालामा भएका sebaceous gland नबिलम तथा apocrine gland किशोरावस्थामा सक्रिय हुन्छन् र यति बेला नै कुनै पनि व्यक्तिले आफ्नो यौनसाथीको खोजी सुरु गर्छ । यो कुराले पनि यसको यौन संगको सम्बन्धलाई संकेत गर्छ । विशेष गरेर Apocrine glands बढी मात्रामा हात, गाला, टाउको, स्तनको मुन्टोको वरिपरि तथा हाम्रा शरीरका ती भाग जहाँ बढी रौं हुन्छन्, जस्तै यौन केश (pubic hair) हुन्छन् । सम्भवतः मानव pheromones को प्रमुख स्रोत यही ग्रन्थिबाट निस्किएको श्राव नै हुनुपर्छ । यी गन्ध मानव रोग प्रतिरक्षा प्रणालीसंग गाँसिएको समेत देखिएको छ ।
यहाँ भनिरहनु परेन कि अहिले टेलिभिजन लगायत आमसञ्चारका माध्यममा सुगन्धयुक्त साधन वा वस्तु वा भनौं अत्तरलाई प्रभावकारी यौन आकर्षक वस्तुका रूपमा प्रस्तुत गरिन्छ अथवा भनौं त्यस्तो आशयका विज्ञापन प्रशस्तै हेर्न पाइन्छ । यसैको प्रभावमा हामी शरीरको वास्तविक गन्ध नै कतिपयलाई थाहा नहुने र स्वाभविक गन्धलाई नराम्रो मान्ने चलन पनि छ । अहिले हामीले दैनिक रूपमा प्रयोग गर्ने साबुन, क्रिम, तेल अनि deodorant जस्ता वस्तु सुगन्धयुक्त हुन्छन् । यी सुगन्धले आनन्दको अनुभूति दिन्छन्, तर कतिपय व्यक्ति शरीरवाट प्राकृतिक रूपमा निस्कने गन्धप्रति आकर्षित हुन्छन् र त्यसैबाट यौन उत्तेजित हुन्छन् ।
के भएको होला ?
व्यक्तिको शरीरबाट निस्कने गन्धवाट यौन उक्तेजना हुने स्थितिलाई चिकित्सा शास्त्रमा bromidrophilia भनिन्छ । यसका साथै तपाई भित्री वस्त्रको वस्तु कामुकता अर्थात् underwear fetishism वाट ग्रसित भएको पाइन्छ । अहिले महिलाको भित्री वस्त्रलाई एक हदसम्म यौनसँग जोडिनुलाई सामान्य नै मानिन्छ । यद्यपि यो नभै यौन उत्तेजनामै पुग्न नसकिने स्थिति हो भने त्यो असामान्य अवस्था हो ।
वस्तु कामुकता (fetishism) किन हुन्छ, यकिनका साथ भन्न नसकिए पनि यौवनावस्थामा यी वस्तु संग बलियो रुपमा यौन उत्तेजना तथा यौन सन्तुष्टि जोडिँदा त्यसको अनुकुलन (conditioning) का कारणले भएको मानिन्छ ।
उपचार के होला ?
धेरै जसो स्थितीमा वस्तु कामुकताको व्यग्रता हानी रहित नै हुन्छ र त्यस्तो स्थितिमा कुनै उपचारको आवश्यकता पर्दैन, तर यसले कठिनाइ भएको छ र दैनिक जीवनयापनमा नै असजिलो पारेको छ भने उपचार गराउनु आवश्यक हुन्छ ।
उपचार विशेष गरी लामो हुनसक्छ र त्यसका लागि पुरुष हार्मोन नै कम गर्ने किसिमको औषधी दिइन्छ । अन्य किसिमको औषधीले वस्तुकामुकताको व्यग्रतालाई कम गर्छ र मनोपरामर्शमा ध्यान केन्द्रित गर्न सक्छ । Congnitive Behavioural Therapy जस्ता विधि पनि यो उपचारको महत्वपूर्ण पाटो हो । निराशा depression कम गर्ने किसिमका औषधी पनि यसका लागि प्रयोग गरिन्छ । विशेष गरी कुनै एउटा विधिभन्दा पनि उपचारका यी विधीहरूको समिश्रण गरी उपचार गरे बढी फाइदा हुन्छ भन्ने देखिएको छ । तपाईंलाई यसले दैनिक जीवनमा पनि असजिलो पार्न थालेको छ भने पहिले मनोचिकित्सकसँग परामर्श गर्नु बेस हुन्छ ।
कसको भित्री लुगा सुँघेको ?
तपाईंले कस्तो भित्री लुगा सुँघ्नुभएको हो, स्पष्ट छैन । तपाईंले सुन्दर युवतीहरूको कुरा गर्नुले तपाईंकी श्रीमती वा यौन साथी होईन भन्ने कुरालाई संकेत गर्छ । के तपाईंले सुन्दर युवतीहरूको भित्री वस्त्र चोर्ने गर्नुभएको छ ? अन्यथा कसरी ती वस्त्र सुँघ्ने त्यस्तो कार्य सम्पन्न गर्न सम्भव हुन्छ ? यसरी चोर्ने काम गर्दा प्रहरीको फन्दा पर्ने कुरा एकातिर छ भने सामाजिक रुपमा ठूलो अपमान भोग्नुपर्ने पनि हुन सक्छ ।
तपाईंले यौन सम्पर्कको कुरा पनि गर्नुभएको छ अनि यौनसम्पर्कचाहिँ कोसँग गर्नुभएको हो, स्पष्ट छैन । कि यो तपाईंको यौन परिकल्पना मात्र हो ? स्पष्ट पार्नुभए जवाफ दिन सजिलो हुने थियो ।