साप्ताहिक संवाददाता
दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्र ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक गरियो । बिहिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा बाबु र छोराको भित्री कथा प्रस्तुत गरिएको छ । निर्माण टिमले समेत यो चलचित्र यथार्थ घटनामा आधारित रहेको जानकारी गराएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ लगायत उपस्थित थिए । दयाहाङ भने अर्को चलचित्रको छायाँकन भएकाले उपस्थित हुन सकेनन् ।
लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक किसिमको चलचित्र निर्माण गरिएको बताए । उनले सम्पुर्ण दर्शकका लागी मनोरञ्जनात्मक चलचित्रको रुपमा प्रस्तुत गर्न खोजिएको बताए । यो उनको डेब्यु निर्देशकिय चलचित्र हो ।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन्, रुदेन सादा लेप्चाले लगानी गरेका हुन् ।
आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ प्रदर्शन गर्ने पक्का भैसकेको चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।
अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई काठमाण्डौं र भारतमा छायाँकन गरिएको हो ।