९ देखि २५ जूनसम्म सञ्चालित तेस्रो विश्वकप इंग्ल्यान्डका साथै वेल्समा पनि खेलाइएको थियो । यस पटक समूह चरण डबल राउण्ड रोबिनमा खेलाएको कारण सहभागी देश ८ नै भए पनि खेल संख्या २७ पुग्यो । जिम्बाबे १९८२ आईसीसी ट्रफी विजेताका रुपमा विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता पाए । यस विश्वकपमा इंग्ल्यान्डका डेभिड गोवरले सर्वाधिक ३८४ रन बनाए भने भारतका रोजर बिन्नीले सर्वाधिक १८ विकेट लिएका थिए ।
पूरै प्रतियोगितामा नाटकीय परिणामहरू देखिए । त्यस बेलाका कमजोर कहलिएका भारत र जिम्बाबेले वेस्ट इन्डिज र अस्ट्रेलियाजस्ता बलिया टोलीलाई हराए । सेमी फाइनलमा टस हारेका भारतलाई ब्याटिङ गर्न निम्त्याए । भारतले इंग्ल्यान्डलाई ६ विकेटले तथा वेस्ट इन्डिजले पाकिस्तानलाई ८ विकेटले पराजित गरे ।
फाइनल खेलमा त्यो बेला धारिलो बलिङका नामी वेस्ट इन्डिजका सामु लड्खडाएका भारतले ५४ दशमलव ४ ओभरमा १८३ रन बनाई अल आउट भए । पछि भारतिय टोलीका अमर नाथ र मदनलाल समान तीन बिकेट लिनुका साथै भारतिय कप्तान कपिल देवले करिब १८ मिटर दौडेर भिभियन रिचार्ड्सको क्याच समाए । उसलाई आउट पार्न सक्नु नै टर्निङ प्वाइन्ट साबित भयो । उक्त खेलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराई वेस्ट इन्डिजले ह्याट्रिक गर्ने योजनालाई विफल तुल्याई दियो । भारतका अमर नाथको अल राउन्डर प्रदर्शनलाई कदर गरि म्यान अफ द म्याच घोषित गयो ।