जेष्ठ १८, २०७६
तिम्री श्रीमतीले मलाई प्रेम गर्न पाउनुपर्छ
मैले तिम्री श्रीमतीसँग प्रेम गर्न पाउनुपर्छ
मेरी सखिनीले जिन्दगीभर पति रुवाएकी हुन सक्छे
मेरो सखीले जिन्दगीभर पत्नी रुवाएको हुन सक्छ
अब हरेक कृष्णले राधाको भजन गाउनुपर्छ
अब हरेक राधाले मनमा कृष्णलाई सजाउनुपर्छ
आकाशजस्तो यति फराकिलो प्रेमलाई
कसले खुम्च्यायो पति–पत्नीमा ?
प्रेम आकाशको कुरा
सम्भोग पातालको कुरा
कसले गर्यो आकाश–पातालको कुरा ?
तिमीले
मैले
र
उसले
एकसाथ प्रेमको बाँसुरी बजाउनुपर्छ ।
- बोस्टन, अमेरिका