साप्ताहिक संवाददाता
जेष्ठ १८, २०७६
सचिन बदाधे भारतीय फुटबलमा एकाएक चर्चाका आएका प्रशिक्षक हुन् । खेलाडीका रूपमा उनले खासै केही गर्न सकेनन्, तर प्रशिक्षकका रूपमा उनले मिनर्भा पञ्चावालाई पछिल्लो सिजनको आई–लिग दिलाए । त्यसयता उनको चर्चा चुलिएको थियो । प्रशिक्षणको कामबाहेक उनी चिया पसल पनि चलाउँछन्, आर्थिक उपाजनका लागि ।
सचिन हालसालै काठमाडौंमा थिए, मिनर्भा र मनाङ मर्स्याङ्दीबीच एएफसीकपको खेलका लागि । उक्त खेल १–१ को बराबरीमा टुंगियो । त्यसपछि उनले पोस्टम्यान कन्फ्रेन्समा गम्भीर आरोप लगाए, जसले त्यो खेल चलाए, तिनै रेफ्रीमाथि पैसा लिएर आफूविरुद्ध निर्णय गरेको । सचिनले सिधा–सिधा भने, ‘रेफ्रीले पैसा खाएका छन् ।’ तय छ, उनी ढिलो चाँडो यो भनाइका लागि कारवाहीमा पर्नेछन् ।