साप्ताहिक संवाददाता
कलाकार नाजिर हुसेनको स्वभाव रमाइलो छ । पोखराका सञ्चारकर्मीमाझ उनले रमाइलो गफ गरे । कुराकानीका क्रममा नाजिरले नेपाली चलचित्रलाई हलिउड र बलिउडका चलचित्रसँग तुलना गरेको फिटिक्कै मन नपर्ने बताए ।
बलिउडमा, हलिउडमा एउटा गीत बनाउने पैसाले नेपालमा चारवटा चलचित्र बन्छ भन्दै उनले देशमा राजनीतिक स्थिरता नहुनु तथा देशको आर्थिक अवस्था खराब हुनुको असर चलचित्र क्षेत्रमा समेत पर्ने उनले स्पष्ट पारे । ‘आफ्नो धरातल बिर्सिएर, हलिउड तथा बलिउड चलचित्रसँग नेपाली चलचित्रको तुलना गर्दै नगरौं,’ नाजिरले भने ।
कहाँनेर कमजोरी छ र आलोचना गर्न पाइन्छ भन्ने कन्सेप्टका साथ चलचित्र हेरिने भएकाले समेत नेपाली चलचित्रको आलोचना बढी हुने गरेको उनको गुनासो छ । चलचित्रका दर्शक, निर्माता तथा कलाकार सबैमा युनिटी हुने हो भने नेपाली चलचित्रप्रतिको आकर्षण बढ्ने उनको बुझाइ छ ।