साप्ताहिक संवाददाता
सात वर्षअघि नै मिस तामाङको उपाधि जित्न सफल मोडल सुमी मोक्तान अब चलचित्र अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी छिन् । यसअघि केही चलचित्रमा साना–तिना भूमिकामा प्रस्तुत भएकी सुमीलाई यतिबेला छायांकारबाट निर्देशक भएका हरि हुमागाईँले अभिनेत्रीका रूपमा पदार्पण गराउन लागेका हुन् । असोज ३ गते प्रदर्शनमा आउने उक्त चलचित्रमा सुमीको पदार्पण बेजोड हुने कुरामा निर्देशक हुमागाईं ढुक्क देखिन्छन् ।
चलचित्रमा सुमीले मुख्य चरित्र निर्वाह गरेकी छिन् । उनले चलचित्रमा एक्सन लेडीको भूमिका निर्वाह गरेको हालै सार्वजनिक चलचित्रको पोस्टरबाट अनुमान लगाउन सकिन्छ । चलचित्रको पोस्टरमा सुमीले आक्रामक शैलीमा चलचित्रका खलनायकलाई जुल्फीमा समातेर घिसारिरहेको देख्न सकिन्छ ।
चलचित्रको एक्सनका लागि लामो समय प्रशिक्षण लिएकी सुमीले उक्त चलचित्रको प्रदर्शनपछि नेपाली चलचित्रमा अभिनेक्रीहरू कतिसम्म सशत्त भूमिकामा प्रस्तुत हुन सक्छन् भन्ने कुरा देख्न पाइने प्रक्रिया दिएकी छिन् । सुमी पहिलो चलचित्रबाटै आफूले दर्शकको मन जित्ने कुरामा आश्वस्त देखिन्छिन् ।