साप्ताहिक संवाददाता
जेष्ठ १८, २०७६
पार्श्व गायक युवराज चौलागाईं अचेल युगल गायनतर्फ आकर्षित छन् । रमाइलो कुरा के छ भने उनी आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय गर्छन् । केही साताअघि सार्वजनिक भएको आफ्नो नयाँ गीत लटर पटरमा उनले अभिनेत्री प्रियंका कार्कीसँग कम्मर मर्काएका छन् ।
गायिका अनुष्का पाठकसमेतको स्वरको उक्त गीतका लागि युवराजले आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । यसबीच युवराजले आफ्नो रोजाइका दस गायिकाको सूची तयार पारेका छन् । उनले साप्ताहिकलाई उपलब्ध गराएको उत्कृष्ठ गायिकाको सूचीमा तारा देवि, अरुणा लामा, कुन्ति मोक्तान, अञ्जु पन्त, सुकमित गुरुङ, बिमाकुमारी दुरा, विष्णु माझी, लोचन भट्टराई, देविका बन्दना तथा रेखा शाह छन् ।