साप्ताहिक संवाददाता
त्यो एउटा रहस्यमय नरसंहार थियो । यसमा म ज्ञानेन्द्र र पारसलाई दोष दिन्नँ, यसका मुख्य योजनाकार भारत, अमेरिका, युरोपेली युनियन तथा नेपाली राजनैतिक दलका केही नेताहरू थिए । किनभने राजा वीरेन्द्रले भारतको नोकर बन्न चाहेनन्, युरोपेली युनियन र अमेरिकाले स्वतन्त्र रूपमा धर्म प्रचार गर्न पाएनन् । यो घटनाको छानबिन गर्ने तागत कसैमा छैन । त्यो नेपाल र नेपालीका लागि अत्यन्त दुःखद र कालो दिन थियो ।
राजन भट्टराई
दरबार हत्याकाण्ड तत्कालीन संसद्वादी दलको संरक्षण एवं सिआईएको सहयोगमा रअले गरेको अन्तर्राष्ट्रिय अपराध हो । यो अपराधका लागि तत्कालीन नेताहरूलाई केन्द्रमा राखेर छानबिन गरिनुपर्छ ।
रेशम अधिकारी
यो आफू राजा बन्न गरिएको ग्रान्ड डिजाइन हो ।
देवान लुङगेली
ज्ञानेन्द्र विदेशी डिजाइनमा फसेका हुन् । उनी निर्दोष छन् ।
आनन्द आनन्द
नेपालमा शान्ति चाहने राजा वीरेन्द्रले तत्कालीन माओवादीसँग वार्ता गरी सम्पूर्ण समस्या समाधान गर्न चाहेका थिए, तर केही तत्वले नेपालमा अशान्ति चाहेका कारण उनको हत्या भएको हो । फलस्वरूप आज नेपालमा भाँडभैलो भैरहेको छ ।
दीपक तामाङ
खै गिरिजाबाबुलाई था’ छ भन्थे, बूढा पनि केही नभनी चल्दिहाले ।
विनोद गुरागाईं
वास्तवमा ज्ञानेन्द्र निर्दोष नै हुन्, उक्त घटनाका प्रत्यक्षदर्शीहरू अझै जीवित छन्, फेरि छानबिन गर्दा हुन्छ ।
शुक्रराज साङपाङ
ज्ञानेन्द्र विदेशी डिजाइनमा फसेका हुन् ।
खेम गौतम
वर्षादको मौसममा झरीभन्दा बढी नेपाली रोएको दिन । नेपाली इतिहासले सबैभन्दा क्रूर पीडा भोगेको दिन ।
नवराज भुमरी आचार्य
दिपेन्द्रको मुकुण्डो लगाएर सुरक्षाकर्मीले नै मारेका हुन् भन्ने हल्ला सुनिन्थ्यो त्यतिबेला । यो राजसंस्था कमजोर पार्न गणतन्त्रवादीले रचेको मास्टरप्लान पनि हुन सक्छ वा ज्योतिषीले ज्ञानेन्द्रलाई राजा हुन्छस् भनिदिएपछि आशाले त्यस्तो गरेका पनि हुन सक्छन् । विदेशीको किन टाउको दुखोस् र वीरेन्द्रको परिवारलाई नै मार्न ?
उपेन्द्र सापकोटा
ज्ञानेन्द्रलाई दोष लगायौं हामीले, तर यो त धान खाने मुसो, चोट पाउने भ्यागुतो भनेजस्तो भएको छ । ज्ञानेन्द्र निर्दोष थिए । यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ ।
मनोज तिम्सिना
सम्पूर्ण राजपरिवारको हत्या गरी ज्ञानेन्द्रको परिवार र राजपरिवारका बाँकी सदस्यलाई केही नगर्नु भनेको यो सम्पूर्ण षड्यन्त्र ज्ञानेन्द्रको हो भनी देखाउन राष्ट्रघाती तत्वलाई हातमा लिएर गरिएको विदेशी षड्यन्त्र हो । यदि ज्ञानेन्द्र दोषी छन् भने राजदरबार हत्याकाण्डको पुनः छानबिन गरियोस् ।
शंकर कार्की
ब्ल्याक फ्राइडे भन्छु म त ।
मिलन भट्ट
यस विषयमा धेरै समाचार र धेरै विद्वान्हरूको विचार पढेको छु तर म केही बोल्न चाहन्नँ, किनभने म जे जान्दछु सबैले जानेका छन् । सार्है दुखलाग्दो घटना ।
प्रेम पुनमगर
कसैलाई तोकेर सिधै औंला देखाउँदा हात नै काटिदेलान् साथीहरूको । सबुत छ भने सम्बन्धित निकायलाई देखाएर कारवाही अघि बढाउदा हुन्छ । होइन भने दुलोभित्र बसेर चुर–फुर गर्नेहरूको चुरिफुरी निक्लिएला । त्यो कालो दिन सम्झँदा निकै दुःख लाग्छ । यसमा विदेशीको चलखेल रहेको प्रस्ट छ । नेपालमा द्वन्द्व फैलाउने र देश टुक्र्याउने षड्यन्त्र थियो त्यो ।
जीवन बिमा
मान्छे मार्न सिपालु पार्टी जुन हो, त्यसैले मारेको हुनुपर्छ पो भन्छु म त ।
खगेन्द्र थापा
विदेशमा साधारण मान्छे मर्दा नि पत्ता लाग्छ, नेपालमा भने राजा मर्दा नि हत्यारा पत्ता लाग्दैन ।
मोहन बाबु
नेपालबाट राजसंस्था हटाउन तथा देशमा शान्ति नहोस्, देश सधैं परजीवी होस् भन्ने केही गद्दार तथा विदेशीको डिजाइनमा भएको घटना हो, जसको दोष ज्ञानेन्द्र शाहमाथि खन्याए ।
सिर्जना खड्का शाह