साप्ताहिक संवाददाता
२०५८ जेठ १९ गते राति अर्थात् पर्सीबाट ठ्याक्कै १८ वर्षअघि तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी नारायहिटी दरबार हत्याकाण्ड भयो । राजपरिवारकै वंशविनाश हुने गरी भएको उक्त हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा ठूलो हत्याकाण्ड हो । दरबार हत्याकाण्ड भएको दिन शाही फरिवारमा हरेक महिनाको तेस्रो शुक्रबार हुने ॅशुत्रबारे पार्टी’ थियो । त्यसमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, बडामहारानी ऐश्वर्या राज्यलक्ष्मी देवी शाह, युवराज दीपेन्द्र वीरविक्रम शाह, अधिराजकुमारी श्रृती राज्यलक्ष्मी शाह तथा अधिराजकुमार निराजन शाहबाहेक शाही परिवार तथा नातेदार गरी २१ जना सहभागी थिए । जसमा १० जनाको हत्या भएको थियो भने केही घाइते भए। अहिलेसम्म पनि रहस्यमय मानिने उक्त दरवार हत्याकाण्डका केही प्रत्यदर्शीहरूले घटनाका सम्बन्धमा छानविन गर्न गठित तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानविन समितिलाई बयान दिएका थिए । उनीहरूमध्ये केही प्रत्यक्षदर्शीको बयान ः
पारस वीरविक्रम शाह
समिति ः राजदरबारमा १९ गते भएको जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो ?
जवाफ ः हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही ७ः४० तिर पुग्यौं, सबै जना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । पुग्दाखेरि अ... युवराजधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने भनेर सोधिस्यो । मैले कोक मात्र खाने विचार गरें ।
ए कोक मात्र खाने ! म त हिृवस्की खाएर बसेको छु हुकुम भयो । त्यतिबेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेको थ्यो । अ... कुरा गर्दाखेरि के भो भन्दाखेरि हैन यही विवाहको कुरा भैरहेको छ, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतबार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भैराखेको थियो, त्यक्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टत्राइबक्स्यो ।
आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेको, फेरी ... ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सकेर सवारी होइबक्स्यो, त्यतिबेला दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइँमै सुकला भयो, म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ .... छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइएन । गद्दीको मुन्तिर सानो ओछ्यान छ त्यहीं नै सुताएर फर्कियौं हामी ।
करिब साढे आठ, जस्तो भा’थ्यो, साढे आठ त्यस्तै ३१–३२ होला । हामी तल आयौं । बत्तीसत्ती निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेको थ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ भैराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएनौं, म बाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।
हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिंक्स लिई बक्सेको थियो, त्यसबीचमा अब हामीचाहिँ एकापट्टि कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ... हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो.....
समिति : कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर ?
जवाफ : होइन क्यारेमबोर्ड छ नि ।
समिति : त्यो वारको पछाडि ?
जवाफ : हो, बारको पछाडि त्यो... कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरूको, अब त्यहाँ उताबाट चुरोट–सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्यो, त्यत्ति ३ राउन्ड जति फायर भएको छ । पहिले सवारी हुनेबित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्डजस्तो लाग्छ मलाई ।
महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग–ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुई जना कुदेर गयौं । डा. राजीवचाहिँ महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो, मलाईचाहिँ अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो । त्यही नै मैले पछाडि फर्केर बहिनीहरू सबै जनालाई ढल्नलाई सुत तिमीहरू यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरू पनि महेशकुमार र रविशमशेर दुवै जना मेरै छेउमा हुनुहुन्थ्यो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।
यत्तिमै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहिँ हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा हो कि दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रोसँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से बित्तिकै त त्यसपछि त अरूहरू मान्छेहरू त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरू सुताउन थाली सकेको थिए, अँ... मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, ऊता कुमार गोरख ढलेको देखें ।
त्योचाहिँ First मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ । त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । बाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुइँमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाहिँ अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहिँने बन्दुक लेफ्ट साइडमा थियो hand gun, hand gun । ह्यान्ड गन चाहिँ Left side मा थियो । दाहिने बगलीमा MP5 थियो । झिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर बाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौं । बाहिरपट्टि के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ....
समिति : समयको त्यस्तो कुनै लामो ग्याप त हैन ?
जवाफ : छैन, एक मिनेट पनि छैन, ३० सेकेन्ड होला म्याक्सिमम, म्याक्सिमम भए ३० सेकेन्ड, भित्र–बाहिर भित्र–बाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाहिँ बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।
उतापट्टि गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, ... श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेला उताबाट फर्किबस्क्यो, युवराजधिराज सवारी भयो, यतापट्टि ढलीराखेको थियो हजुर, पहिले कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो तिमीलाई के भयो भनेर सवारी भै माथिपट्टि सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग–ड्याङ्ग point blank ड्याङ्ग–ड्याङ्ग–ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्योचाहिँ राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानिबक्स्यो । त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ ।
मेचको यतापट्टि काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । अब त्यस पछि फेरी बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिन, बाहिर सवारी भए जस्तो लाग्छ, दुई–तीन चोटी गरिबक्स्यो भिक्र–बाहिर, Third time सवारी हुँदा चाहिँ यता ...अ... शाहज्यादी जयन्ती दिदी, केतकी अ... श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुतिलाई Third time ...। अनि बाहिर सवारी भयो युवराज सरकारचाहिँ मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्यौ ... के गरिबक्स्या हजुर ... हामी ... के गरिबक्स्या please ‘‘ गै बक्स्योस भनेर बिन्ती जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै वारको मुनि थियो । अ... महेशको पछाडि मेरी बहिनी छ । पछाडि मेरी वाइफ थिइन, मेरी वाइफ पछाडि मेरा ३ जना बहिनीलाई राखेको थिएँ, लुकाएर राखेको थिएँ । एउटी बहिनीलाई चाहिँ त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।
एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाहिँ दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिरहेका थिए । के के भा’छ भनेर म कान्छो बुवाकोमा गएँ । पारस मेरो खुट्टा चलाउ मेरो खुट्टै चलेन अं... मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाइदेऊ भनिबक्स्यो । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।
त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरी मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता... बडामहारानी सरकार निराजनको त बाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । त्यति बेला हेर्दा खेरि मुमा भर्खर उठिबक्सिरा’थ्यो, ढली बक्सेको । मुमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाचाहिँ घचडेर उठिबक्सेको देखें । मैले हेल्प गरेर उठाएँ मुमालाई । .... म ठीक छैन, म ठीक छैन भन्नुभयो, माथबाट पनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्या थ्यो । माथको रगत अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिले ।
त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा बडामहारानी सरकारकहाँ गएँ । मैले बाहिर पनि फायरिङ सुनेको थिएँ । मैले त उता भन्ठानें, मुमा बडामहारानी सरकारको खोपीमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यतिबेलासम्म फायरिङ सकिसकेको थियो, म जाँदा मुमा बडामहारानी सरकार ...
समिति ः मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा ...
जवाफ ः उता सानो बैठक, बाहिरपट्टी त्यहाँ होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म firingबन्द भएको थियो । जब म मान्छेहरूलाई हेर्न गएको थिए त्यो बेलासम्म फायरिङ भैराखेको थियो । बाहिर ... त्यो चौरमा फायरिङ भैराखेको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिनँ । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिले कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानीबक्सेको मुमालाई पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाहिँ यति हो । मैले त्यसपछि मान्छेहरूलाई हेरें, सवैजना ढली राखेका छन् । खुट्टा चलाई देऊ भन्नुभयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छो बुबाले । दौडेर आफू मुमा कहाँ गएँ मुमा बडामहारानी सरकारका ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरूलाई भित्र ल्याएँ । एडिसीहरू बाहिर गए, बाहिर जाँदाखेरि ... हरू ठ्याक्क आइरहनुभएको थियो ।
म बाहिर पुग्नु र ADC हरू आइफुग्न बयिकत सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेका मान्छे पनि छन्, घाइते मान्छेहरू पनि छन् । मरेका मान्छेहरूलाई छाडदेऊ । घाइते मान्छेहरूलाई दौडाइहाल पहिले, भित्र लगें घाइते मान्छेहरू सबैलाई पहिले उठाएर one by one सबै जनालाई जो–जो पहिला गए जो–जो हाल्न सकें पठाएथें, ५–६ मर्डर थिए । जो–जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरू खोज भनेर ३ जना । दाइको एडिसी he shot himself, he shot himself भन्दै आयो ।
त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठूलोमुमाको chance नै छैन भनेर उनीहरूले मलाई भने । मैले देखेको होइन, ठूलोमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडिबक्स्या थ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाहिँ मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडि अर्को एक जना थियो । दुइजना चाहिँ म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर्याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । .... सबैभन्दा पहिले त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा ऊ आयो, उताबाट घुमेर आयो त्यहाँ त फायरिङ भैराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट बाहिर घुमेर फायरिङ भैराखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आऊ भन्दिएँ । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिले लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि थिएँ यता मान्छेहरू हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबैभन्दा पहिलाचाहिँ महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि म मान्छेहरूलाई हेर्न गएको । एडिसी हरूलाई मैले नै बोलाएर त्यो सिसाको ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समिति ः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफ ः मलाई जहाँसम्म लाग्छ एउटा एम १६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु । यो एम १६ फायर भएको देखेको हुँ ।
समिति ः युवराजधिराजको कसरी छ ?
जवाफ ः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।
समिति ः यसको पछाडि के कस्तो कारण ?
जवाफ ः यो विवाहकै कारण हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो पोहोर जन्मोत्सवमा सुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरि जो जो against अघि जो जो with अब भाई र म with जहिले पनि वीथ । दाइको त हामी जे–जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म with थियौं । अब राजिव त डा. with भयो, श्रुती, गोरखहरू र अरु बहिनीहरू against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्छ ।
समिति ः तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफ ः म संग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईंलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मुमासँग पनि कुरा गरें, आफू मुमासँग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भा’थ्यो मलाई ।
समिति ः राम्रो मुड थियो ?
जवाफ ः लागेको जस्तो थियो । एकदमै राम्रो थियो मुड । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त ।
समिति ः सरकारलाई माथि कसले पुर्याएको ?
जवाफ ः हामी चारजनाले पुर्याएको । एक जनाले त कहाँ सक्नु ?
समिति ः बोकेरै लगिबक्स्यो ?
जवाफ ः दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं... राजीव र भाइले दुईजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि–पछि आउँदै थियो ।
समिति ः तल सुताइवक्स्यो ?
जवाफ ः तल, मेन गद्दीमा त सुताएनौं, तल सुतायौं । मैले भाइलाई भनेको वेपनहरू झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक ।
समिति ः त्यो कोठाबाट ?
जवाफ ः कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड ... ऊ ... ग्राउन्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।
जवाफ ः वेपन्सहरू ?
जवाफ ः वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ... अनि एम १६ चाहिँ त्यो तखताहरू छ नि, जाने बित्तिकै तखताहरू जस्तो छ ।
समिति ः त्यसमा कार्टिजहरू पनि निस्किराखेको थियो ?
जवाफ ः हो, त्यो तखतामा छ । त्यो होला ..अँ... बट्टाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहिँ एम १६ । ... म चिन्छु हजुर जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?
समिति ः अरू सम्झिनुपर्ने त्यस्तो केही बाँकी छ ?
जवाफ ः म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ
शोभा शाही
समिति : त्यहाँ जे अनुभव भयो, जे–जे भोगिबक्स्यो, जे देखिबक्स्यो सम्पूर्ण बताइबक्स्योस् ।
जवाफ ः त्यो त हाम्रो फ्राइडे, थर्ड फ्राइडेको इट वाज अ नर्मल ग्यादरिङ, हाम्रो जहिले पनि हुने ग्यादरिङ हो महाराजधिराजले बोलाइबक्सेको । त्यसमा केही पनि नो आर्गुमेन्ट, नो डिस्कसन, इट वाज जष्ट ग्यादरिङ... कुरा केही भएको छैन । सबै जनालाई उहाँले नै डि्रंक्स बक्स्यो । त्यसपछि मम्मीलाई लिन सवारी भयो । त्यसपछि मम्मी पनि सवारी भयो । त्यसपछि एकछिनपछि महाराजधिराज सवारी भयो । त्यसको एकछिनपछि महाराजाधिराज सवारी होइबक्सेपछि हामीहरू एउटा कोठामा थियौं । उनीहरू बिलियार्ड रुममै थिए । त्यसपछि यतापट्टि मम्मीहरूसँग कुरा गरिबक्सेर र हामी सबैजना यता कुरा सकेर सबैजना बिलियार्ड घरमै आयौं । त्यतिबेला क्राउन प्रिन्स त्यहाँ थिएन । हि ह्याड जस्ट टेकन अ ड्रिक... भाइ र म कुरा गर्दा भाइले चाहिने चारजनाको ग्रुपले माथि कोठामा लगेको छ भन्यो । मैले त होला भन्ठानें । त्यहाँबाट निस्किएपछि बिलियार्ड हलमा आइहाले । एकैछिन पछि चाहिँ यो एकछिन पछि त विल्कुल कम्ब्याट क्लोथ लगाएर ....(गला अवरुद्ध) ....यत्रो गन, कुरा सुरा केही छैन, सबैजना बन्दछौं वरिपरि त्यसैमा ड्यारर्र भएको थियो । त्यो गरेपछि अब हाम्रो विचारै छैन । that he intended to kill भनिकन त हाम्रा विचार छैन mis-fire भन्ठान्या, मैले त mis-fire भन्ठाने । वीरेन्द्र दाइ लडिबक्स्यो । मैले गएर उहाँलाई समातें । राजीव पनि आएर हेल्प गर्यो । कहाँ हान्यो कहाँ लाग्यो मलाई थाहा छैन । खाली छिर्का मात्र देखे मैले । वीरेन्द्र दाइ was standing. He tried to get up. And he was holding a... यो छोडिबक्स्योस् भनेर मैले ट्याप्प थुतें । म्याग्जिन आयो, मैले फालिदिए । एकछिपछि ड्याम्म, दिज्यू बाहिरबाट दौडँदै आउनुभयो । कहाँबाट बाहिर सवारी भएको रहेछ सानी दिज्यूको । बाहिरबाट ड्याम्म बाहिरै ढोकाबाट हान्दाखेरि माइली भाउजू ढल्नुभयो । त्यसपछि यसो हेर्दा गोरखलाई पनि गोली लागिसकेको रहेछ । ए, पर सर, पर भन्दै थिएँ म । ल फेरि स्वामस्वाम भित्र आइदिए पछि त धीरेन्द्रले ए बाबु that's enough के भनेको थ्यो, उसलाई पनि ड्याम्म हानिदियो । बाहिर यसो गरिकन he was back एउटा मात्र गन लिएर झरेपछि उ स्वात्र्याम्म त्यही । त्यसपछि दाइ ढल्ने बित्तिकै श्रुतिले ए बुवा, बुवा भनेकी थिएँ, हस्ब्यान्डलाई पनि देखेर ए बा तिमीलाई पनि लाग्यो भनेर हस्ब्यान्डतिर गै । श्रुति मैले हेर्दाखेरि त्यही लड्या । त्यसको एकैछिन पछि त भाइ लाई हानेपछि यता फर्केर बहिनी चाहिँलाई हान्छ । बहिनीचाहिँलाई हानेपछि फेरि महाराजाधिराजलाई, महाराजाधिराज ढालिबक्स्यो । ....(रुदैं)....He was only stand…it was the…fight movement पछि he tried to get-up अनि म त यता फर्किएँ । ...राजीव चाहिँ भाग्यो । ...(गला अवरुद्ध भएकाले बुझ्न नसकेको)....अब ऊ त दौडेर उता गयो आर्मीको मान्छे त आए नि । मचाहिँ अब यता फर्किएपछि.... त्यसपछि अनि Actually he killed that third time, मलाई त्यो थाहा छैन । म चाहिँ यतै बसेको बस्यै भएँ । There was no change, vigorous firing। अब त्यसरी हानेको थियो । देखेको होइन उता । .....त्यो त मलाई थाहा छैन । उता श्रुति जहाँ पल्टिएकी थिइन्, त्यही पल्टिराखेको, हलचल केही छैन । उसको माथि ज्वाइँ छ । त्यसपछि त मलाई दुख्यो, ऐया ऐया भने एकछिन, त्यसपछि सुरेन्द्र एडिसी दौड्यो ....आर्मी आएर अनि पारस, Paras was only shouting। चहिने त्यो झ्याल फोरेर भित्र आइज भनीकन ...अनि ल है पहिले ठूलो बुवालाई लग भनिकन ....त्यसपछि मलाई बोकेर लग्यो । अनि...भाउज्यू बाहिर सवारी भएको हो । अब नीराजन गएको पनि मैले देखेको छैन, महाराजाधिराज लडिबक्सेपछि पारस आउन लागेको थियो । उताबाट पारस नआऊ तिमी त्यही बस भनेपछि कसो मानेर त्यही बस्यो । नक्र लोग्ने मानिस आइहाल्थ्यो नि । ....(गला अवरुद्ध) ...महाराजाधिराज ढलिबक्स्यो, गोरख ढलिराखेको थियो, खड्ग वित्रम र माइली भाउजूलाई हान्यो । कहाँबाट हानेको पनि थाहा छैन । ड्याङ्ग मात्र के भएको थियो, माइली भाउजू ढल्नुभयो । अनि भित्र आएर फेरि भाइलाई अनि श्रुतिलाई, अनि फेरि महाराजाधिराजलाई ...(रुँदै) क्यामोफ्ल्याज (सैनिक पोशाक) युवराजधिराज...सवारी भयो । अनि चाहिँ पहिले ड्यार ड्यार सिधै महाराजधिराजलाई, महाराजधिराज ढलेपछि यस्तोमा लागेको ...त्यसपछि सबैजना आत्तिने भैहाले । त्यहाँ कान्छो भाइ, गोरख र कुमार खड्गविक्रम गोली लागेर ढलेपछि म कान्छाकहाँ गएर के भयो भन्दा सास फेर्न गाह्रो भयो भन्दै थियो । यति हानेर युवराजधिराज बाहिर सवारी भयो । त्यतिबेला चाहिँ मलाई पिठ्युँमा लाग्यो अनि म ढलिहालें । म पछाडि फर्किएकी थिएँ पछाडिबाट लागेको म ढलेपछि त्यतिबेला के भयो थाहा छैन । म उठेपछि चाहिने पछिपछि सास फेर्न गाह्रो भयो भनी ऊ म माथि सुतेको थियो । मैले प्रेस गरेको, प्रेस गरे, प्रेस गरेबाट ...बिल्डिङ भयो, सबै बिलडिङ्ग ...राजीव र ....दुई जना निक्लिए, लग लग ....मैले हेर्दा महाराजधिराजलाई लगिसकेको रहेछ क्यारे । गोरख र श्रुति, गोरखलाई सिटमा सुताई राखेको... अनि कान्छो भाइ, मैले देखेको त्यति हो ।
हेलेन शाह
समिति ः १९ गते राति राजदरबारमा घटेको घटनाका सम्बन्धमा वास्तविकता बुझ्ने क्रममा सरकार समक्ष उपस्थित भएका छौं ।
जवाफ ः सोध्नुस् न सोध्नुस् ।
समिति ः के जानकारी छ सरकार ?
जवाफ ः दरबारको चलन के थियो भने भन्देखि महाराजाधिराज सवारी भएको थियो अफिसबाट मुमा बडामहारानी र म चाहि एउटा कोठामा थियौं एकातिर । अरूहरू सबै Younger Generation युवराजधिराजसहित बिलियार्ड हलतिर त्रिभुवन सदनतिर सवारी भएको थियो । त्यो दिन म पनि गएँ । पछि सुरु–सुरु बिलियार्ड हलतिरै गए । मभन्दा अगाडि रविशमशेर र महेशकुमार आइपुग्या रहेछन् । एकछिन बसेपछि बडामहारानी सरकारको सवारी भयो । धमाधम सबैजना आउन थाले । आठ बजेतिर युवराजधिराजले विन्ती गरी बक्स्यो बडामहारानी मुमालाई सवारी चलाउन जाऊ भनेर । जाऊ भनेर हुकुम भयो । सवारी लिएर तल गए । मुमा बडामहारानी सवारी भएपछि हामी सबै बस्ने कोठा जहाँ हो हामी सबै त्यही गयौं । अरूहरू पनि दर्शन गरीवरीकन उता गए । महाराजाधिराज सवारी नभएसम्म यतातिर आउने थिएनन् कोही पनि । त्यसैले बडामहारानी हामी सबैजना त्यही नै बस्यौं । त्यो दिन महाराजाधिराज पनि चाँडो सवारी भयो, ८ः३० तिर । त्यहाँ अलिकति ड्रिंक सर्व भएपछि उतातिर सवारी भयो ।
महाराजाधिराज वीरेन्द्र बिलियार्ड हलमा सवारी भएको तपाईंहरूलाई एक्ज्याक्ट्ली त भन्न सक्दिनँ तर आधा घण्टा ४५ मिनेट यस्तै कति होला १ घण्टा पनि पुगेको छैन जस्तो लाग्छ । त्यहाँ एउटा ठूलो आवाज आयो । आवाज भएपछि ३ वटा तीन गोली । पहिले त हामीलाई थाहा थिएन के हो ? साँच्ची भनूँ भने त मलाई चाहिँ त्यस्तो शंका त कहिल्यै हुँदै हुँदैन् । विशेष वास्ता गरिएन । त्यो चल्यो एकछिनसम्म चलेपछि आखिरमा एउटा त्यो बाहिरपट्टि बगैंचामा ठ्याक्क त्यो बगैंचाको बाहिरपट्टि एउटा बरन्डा छ त्यहाँ मान्छे दौडिएको आवाज आयो । दौडिएको त्यस्तो जोडले होइन अलि विस्तारै दौडिएको आवाज आयो । त्यस्तो आवाज आएपछि अनि लोग्ने मान्छेको एउटा एकैछिनमा लोग्नेमान्छे कराएको अलि कडा साह्रो धेरै ठूलो होइन भएपछि मैले मुमा बडामहारानीलाई जाहेर गरे, दिज्यू, मान्छेहरू पनि कराउँछन् के हो त्यतातिर त मान्छेहरू पनि कराए भनेपछि तीन सट आयो । अब त्यो बीचमा त कति गयो हामीले वास्ता पनि गरेनौं । केटाकेटीहरू खेलेको होला भन्ठानें ।