साप्ताहिक संवाददाता
मिलन चाम्स निर्देशित ‘बीर बिक्रम २’ अहिले नेपालमा प्रदर्शन भैरहेको छ । हङकङबाट ओभरसिजको प्रर्दशन शुरु गरेको ‘बीर बिक्रम’ ले हङकङेली दर्शकहरुबाट राम्रो तारिफ पायो । मित्रता, प्रेम र बदलाको कथा बोकेको चलचित्रलाई हङ्कङका दर्शकहरुले औधी मन पराए । पश्चिम नेपालको मनमोहक दृश्यले पनि खुबै तारिफ पायो । उपस्थित दर्शकहरुले निर्देशक चाम्स र कलाकारहरुको खुलेर तारिफ गरे ।
डब्ली डिजिटल सिनेमा घर वाम्पोमा चलचित्रको प्रर्दशन गरिएको थियो । हङकङमै रहेर संञ्चारकर्म गरिरहेका अनोज रोक्का, बिनोद बस्नेत र सुनिल मल्लले चलचित्र प्रर्दशनको जिम्मा लिएका थिए । आयोजकमध्येका एक अनोज रोक्का भन्छन्, ‘हङकङमा नियमित चलचित्र प्रदर्शन गर्न सक्नेहो भने दर्शकले राम्रै साथ दिने बुझिन्छ, आगामी दिनमा पनि यहाँका दर्शकको अपेक्षा र इच्छाअनुसारका चलचित्र ल्याउनेछौं ।’ रोक्का हङकङमा बसेर लामो समयदेखि पत्रकारिता तथा नेपालका चलचित्र हङकङमा पुराएर त्यहाँका दर्शकहरुलाई देखाउने नियमित काम गर्दै आएका छन् ।
चलचित्रमा पल शाह, नाजिर हुसैन, बर्षा सिवाकोटी र बुद्धि तामाङ र चर्चित बालकलाकार क्रिजन गौतम लगायतको अभिनय रहेको चलचित्रका डिओपी सुदीप बराल हुन् ।