साप्ताहिक संवाददाता
३४ जना महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको आरोपमा पक्राउ फरेका न्युजिल्यान्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । ती व्यत्ति आफ्नो गेस्टहाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामेराको सहयोगमा भिडियो बनाउँथे । उत्तरी द्वीपको हक्समा ती व्यक्तिले गोप्य तरिकाले २ सय १९ वटा भिडियो रेकर्ड गरेका थिए ।
यी सबै भिडियो डिसेम्बर सन् २०१७ देखि फेब्रुअरी २०१८ को बीचमा बनाइएको थियो । दोषी ठहरिएका व्यक्तिको पहिचान लुकाइएको छ, ताकि उनकी बिरामी श्रीमतीले अन्य कुनै प्रकारको समस्या सामना गर्नु नपरोस् । ती व्यक्तिले केही भिडियो पोर्न साइटमा हालेको स्वीकारसमेत गरेका थिए ।
प्रहरीका अनुसार पीडित महिलाहरूमध्ये धेरैको उमेर ३० वर्ष मुनि छ । ती व्यक्तिले बाथरुममा क्यामेरा यस्तो प्रकारले लगाएका थिए कि नुहाइरहेका युवतीहरूको तस्बिर काँधदेखि घुँडासम्म देखिन्थ्यो । यद्यपि धेरैजसो भिडियोमा महिलाको अनुहारसमेत रेकर्ड भएको थियो ।