साप्ताहिक संवाददाता
कलाकार सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् ।
चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी अभिनेत्री लामिछानेले राजधानीमा पत्रकार सम्मेलन गर्दै भनिन्, ‘उम्मेदवारीपछि मैले धेरै किसिमका धाक–धम्की र बेइज्यती सहिरहनु परेको छ, ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए ।
पेन्सनको पहल गर्ने बाचा
अभिनेत्री लामिछानेले आफू संघको अध्यक्षको निर्वाच्न जितेको खण्डमा नेपाली कलाकारहरुका लागि पेन्सनको पहल गर्ने बताइन् । उनले उपस्थित केहि सहकर्मी र मिडियाकर्मीका अगाडी उक्त बाचा गरेकी हुन् ।
लामिछाने चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन् । निर्वाचन जेठ २५ मा हुँदैछ । उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । यसअघि यो निर्वाचन केहि हप्ताअघि हुने भनिएको थियो, तर केहि कारणले रोकिएको हो । लामिछानेले उमेद्धारी दिएका दिनदेखिनै विभिन्न विवादमा तानिएकी छिन् ।
यो पनि पढ्नुहोस्