साप्ताहिक संवाददाता
आफ्नै गुप्ताङ्गको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा जापानमा एक महिला कलाकार पक्राउ परेकी छिन् । मुगुमी इगारासी नामकी ती कलाकारले आफ्नै गुप्ताङ्गको सेल्फी खिचेर त्यसलाई थ्रीडी तस्बिरमा ढालेर कलात्मक बनाएकी थिइन् । आफ्नो कलात्मक गुप्ताङ्ग थ्रीडी प्रिन्टर्सका लागि उपयुक्त भएको भन्दै उनले ३० जना व्यक्तिसमक्ष उक्त प्रिन्ट किन्न आग्रहसमेत गरेकी थिइन् ।
उनले आफ्नो गुप्ताङ्गको तस्बिर बेचेर झन्डै १० लाख रुपैयाँ कमाएको बताइन्छ । आफ्नो ब्लगमा उनले लेखेकी छिन्– ‘मैले आफ्नो योनिबाट कला सिर्जना गरेकी हुँ जसलाई म म्यान्को भन्छु । मेरो योनिलाई रंगाउनु मेरा लागि मात्र ख्यालठट्टाको काम थियो तर कतिपयले भने यसलाई नराम्रो रूपमा लिएको देखेर म आश्चर्यचकित छु ।’
उनले योनिको आकार ठ्याक्कै कस्तो हुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको र आफ्नो योनि असाधारण होला भन्ने आफूले मानेको बताइन् । योनिको आकार निकै नराम्रो हुने भएकाले यसलाई सधैं अश्लीलताको दृष्टिले हेरिने गरिएको दुखेसो व्यक्त गर्दै उनले यो सधैंभरि लुकेको हुने हुँदा पनि त्यस्तो मानिएको तर त्यो हाम्रै शरीरको भाग भएको बताएकी छिन् ।