साप्ताहिक संवाददाता
यसपटकको विश्वकप क्रिकेट–२०१९ वान डे विश्वकपको १२ औं संस्करण हो । यसअघिका ११ संस्करणका विश्वकपमा धेरै सम्झनालायक खेल भएका छन् । यस्ता खेलमध्ये ५ यस्ता प्रतिस्पर्धा छन्, जसलाई प्रायः दोहोर्याएर सम्झिइन्छ ।
न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिका–२०१५
सन् २०१५ को विश्वकप सेमिफाइनलका रूपमा खेलिएको यो खेलमा कुनै समय न्युजिल्यान्ड बलियो देखियो भने कुनै समय दक्षिण अफ्रिका । न्युजिल्यान्डले जितका लागि ४३ ओभरमा २ सय ९८ रनको लक्ष्य पाएकोमा टिम एक समय ४ विकेट गुमाएर १ सय ४९ रनको खराव स्थितिमा थियो । त्यसपछि एडेन पार्कमा ग्रान्ड इलियटले गज्जब खेले । अन्तिम २ बलमा ५ रन चाहिएका बेला उनले छक्का प्रहार गरे र न्युजिल्यान्डलाई पहिलो पटक फाइनलमा प्रवेश गराए ।
पाकिस्तानविरुद्ध इंग्ल्यान्ड–१९९२
सन् १९९२ को विश्वकप फाइनलमा पनि सबै खाले रोमाञ्चकता थिए । यद्यपि अन्त्यमा भाग्य पाकिस्तानको पक्षमा रह्यो र इमरान खानको टिमले पहिलो पटक विश्वकप जित्यो । इमरान र जावेद मियादादको अर्धशतकको मद्दतले पाकिस्तानले ६ विकेटमा २ सय ४९ रन बनायो । मेलबर्न क्रिकेट मैदानमा भएको ऊक्त खेलका नायक रहे– बलर वासिम अत्रम । उनको धारिलो बलिङसामु इंग्ल्यान्डले दबाब सहन सकेन र टिम धरासायी भयो ।
भारतविरुद्ध जिम्बावे–१९८३
कपिल देवको खेलका रूपमा सम्झिइन्छ, यो खेललाई । कपिल देव उक्त खेलमा १ सय ७५ रन बनाउँदै नटआउट रहे । यसको भिडियो रेकर्ड भनेछैन, किनभने यो खेलका बेला बीबीसीका कर्माचारीहरू हड्तालमा थिए । जिम्बावे पहिलो पटक विश्वकप खेलिरहेको थियो र त्यही टिमविरुद्ध भारत एक समय १७ रनमा ५ विकेट गुमाएको स्थितिमा थियो । त्यसयता कपिलदेवले उत्कृष्ट इनिङ्स खेले र आफ्नो टिमलाई जित दिलाए । पछि भारतले नै उक्त विश्वकप जित्यो ।
अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका– १९९९
क्रिकेटलाई अनिश्चितताको खेल भनिएको यस्तै प्रतिस्पर्धाले गर्दा हो । सन् १९९९ को विश्वकपको फाइनलमा पुग्न दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा नौ रन चाहिएको थियो । प्रतियागिताकै उत्कृष्ट खेलाडी घोषित लान्स क्लुसनरले सुरुआती दुई बलमा चौका प्रहार गरेर खेल लगभग आफ्नो पक्षमा पारे । चौथो बलमा एक रन बटुल्ने प्रयासमा अन्ततः रनआउटको स्थिति तयार भयो र अस्ट्रेलिया सनसनीपूर्ण ढंगले फाइनलमा पुग्न सफल भयो ।