‘भारत’ का बितरकलाई दिपकराज गिरीको दनक

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७६

 

नेपालमा बुधबारनै बलिउड चलचित्र ‘भारत’ प्रदर्शन भयो । यसअघि चलचित्र ‘कलंक’ प्रदर्शनमा रोक लगाएको चलचित्र बिकास वोर्डले समेत यो चलचित्र रोक्न सकेन । खासगरी शुक्रवार बाहेक अन्य दिन बाहिरका चलचित्र प्रदर्शनमा रोक लगाउने बोर्डको अडानलाई अदालतले हावा खुवाइदियो । यससँगै अब बलिउड हलिउड चलचित्र जुनसुकै दिन प्रदर्शनमा आउन मिल्ने संकेत दिएर अदालतले बाटो खोलिदिएको छ ।

यसै सन्दर्भमा अभिनेता दिपकराज गिरीले मुख खोलेका छन् । सधैजसो सामाजिक संजालमा स््याटस लेखेर चर्चामा आउने गिरीले ‘भारत’का वितरक र यो चलचित्र बुधबार नै चलाउन पाउँदा खुशी भएका हल संचालकलाई व्यङ्ग्य गरेर स्ट्याटस लेखेका छन् । दिपकले स्टाटसमा लेखेका छन्, ‘अदालतको आदेशले, हलहरुको कृपाले, वितरकहरुको तिकडमले फिल्मले हल त कब्जा गर्ला, तर दर्शक कहाँबाट ल्याउने ?’

त्यसो त यसअघि नेपाली चलचित्रप्रति पनि दर्शक हराएको सुचना भन्दै दिपकले स्ट्याटस नलेखेका भने होइनन् । आफ्नो चलचित्रले मात्रै दर्शक पाउने र अरु चलचित्र र निर्माता तथा निर्देशकलाई माखो पनि नगन्ने गिरीले पछिल्लो समय लेखेको स्ट्याटसमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । कतिपयले दिपकको पक्षमा बोलेका छन् भने कतिपयले दिपकको घमण्डलाई झापड दिने किसिमले कमेन्ट गरेका छन् ।

प्रकाशित :जेष्ठ २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×