साप्ताहिक संवाददाता
जेष्ठ २३, २०७६
गायक विश्व नेपालीको स्वरमा नया“ गीत सार्वजनिक भएको छ । शंकर के राईले लेखेको सार्वजनिक गीतमा डि.बी. खड्काको सङ्गति, गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । ‘म’ बोलको सार्वजनिक गीतले जीवनका अपूर्णताहरुलाई प्रस्तुत गरेको छ ।
एल.पी. पाण्डेको निर्देशनमा फ्ल्यास ब्याक शैलीलाई अपनाएर तयार गरिएको गीतको म्यूजिक भिडियोमा कुनै व्यवसायिक कलाकारहरू नभएर समाजका एक प्रतिष्ठित व्यक्तित्व दलबहादुर बाली साम्पाङ राई माथि फिचरिङ गरिएको छ ।
गीतकार राईले आफ्नो गीतले गहिरो अर्थ बोकेको बताएका छन् । गीतले मानिस कोहि पनि पूर्ण छैन् भन्ने कुरा बोध गराउने उनको भनाई छ ।
म को म्यूजिक भिडियो :