साप्ताहिक संवाददाता
जेष्ठ २३, २०७६
नेपाली कथानक चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । ०७६ भदौ ६ गतेका लाई रिलिज डेट तोकेको चलचित्र ‘जाइरा’ले टिजर सार्वजनिक गरिएको हो ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । नमैतास“गै ‘जाइरा’मा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।
निर्देशक आशुतोष राज श्रेष्ठले एक्सन चलचित्रमा काम गर्ने इच्छा ‘जाइरा’ले पूरा गरेको बताएका छन् ।
चलचित्रको टिजर :