साप्ताहिक संवाददाता
जेष्ठ २३, २०७६
‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुषाल (चोपेन्द्र)ले चलचित्र ‘झिँगेदाउ’को शिर्ष भूमिका निर्वाह गर्ने भएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’मा मुकुनलाई पक्का गरिएको हो । यो चलचित्रमा मुकुनको जोडीका रुपमा को देखिने भन्ने बारे केहि बताइएको छैन् ।
चलचित्र झिँगेदाउलाई लिएर आफू उत्साहित भएको मुकुनले बताएका छन् । उनले पुराना अनुभवी निर्देशक कमब्याक गर्दै गरेको चलचित्र भएकाले चलचित्र राम्रो बन्ने अपेक्षा गरेको समेत सुनाएका छन् ।
‘झिँगेदाउ’ साहित्यकार भिमनिधी तिवारीको लोकप्रिय कथा हो । भदौबाट चलचित्र छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।