विश्वकपको आयोजना आलोपालो गरी आयोजना गर्ने नीति अनुरुप क्यारिबियन क्षेत्रमा पहिलो पटक हुँदै थियो भने वेस्टइन्डिजका अलावा सेन्ट लुसिया, जमैका र बारबाडोस पनि केही खेल आयोजना गरिएका थिए । १३ मार्चदेखि २८ अप्रिलसम्म संचालित यस विश्वकपमा १६ देश सहभागी थिए भने कुल ५१ खेल भएका थिए । १० पूर्ण सदस्यका साथै सहभागी सबै टोली वनडे इन्टरनेसनल स्टाटसमा थिए । २००९ सम्म केन्याको वनडे स्टाटस बाँकी नै थियो भने स्कटल्यान्ड, क्यानाडा, नेदरल्यान्ड, आयरल्यान्ड र बमुूडा गरी ५ वटा टोली आईसीसी ट्रफी बाट छनौट भएका थिए ।
मेल्लो नामको मस्कट रहेको यस विश्वकपमा सर्वाधिक २६ विकेट लिने अस्ट्रेलियाका ग्लेन म्याकग्राथ नै म्यान अफ द सिरिज घोषित भए भने ६५९ रन बनाएका अस्ट्रेलियाकै म्याथ्यू हेडेन सर्वाधिक रनकर्ता भए । यस विश्वकपको अफिसियल गीत ‘द गेम अफ लभ एन्ड युनिटी’ थियो भने यस विश्वकपबाट थर्ड अम्यायरको रुपमा टिभी रिप्लेको व्यवस्था गरियो ।
सबै टोलीलाई चार समूहमा बाँडी खेलहरू वनडे फम्र्याटमा खेलाइएको थियो भने प्रत्येक समूहका शीर्षस्थ दुई टोली सुपर एटमा प्रवेश पाउँथ्यो । समूह एबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका, समूह बीबाट श्रीलंका र बंगलादेश, समूह सीबाट न्युजिल्यान्ड र इंग्ल्यान्ड तथा समूह डीबाट वेस्टइन्डिज र आयरल्यान्ड सुपर एट चरणमा पुगे । यसरी भारत र पाकिस्तान समूह चरणबाटै बाहिरियो । समूह चरणबाट बाहिरिए लगत्तै पाकिस्तानको कोच बब उल्मरको शंकास्पद मृत्यु भएका कारण पूर्ण रुपमा छानबिनको निर्देशन दिइयो ।
सुपर एटमा प्रत्येक टिमले समूह चरणबाट आफूसँगै छनौट भएका बाहेकका ६ टोलीसँग खेल्नुपर्ने नियम थियो । सुपर एटबाट अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका र दक्षिण अफ्रिका सेमी फाइनलमा प्रवेश गर्न सफल भयो । अस्ट्रेलियाले श्रीलंकालाई पराजित गरी लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्नुका साथै १९९९ विश्वकपको समूह चरणदेखिको अपराजित खेल यात्रा १९ मा पुर्यायो ।
सेमिफाइनलमा श्रीलंकाले न्युजिल्यान्डलाई ८१ रनले तथा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ७ विकेटले हराई फाइनलमा स्थान बनायो । स्टिभ बकनर लगातार पाँचौं पटक फाइनल खेलाउने रेफ्री बने ।
१९९६ विश्वकप फाइनलमा बाहेक अस्ट्रेलियाले सधैं श्रीलंका माथि विजय प्राप्त गर्दै आएको थियो । १९९६ विश्वकपको पुनरावृत्ति मानिएको यस फाइनल खेलमा अस्ट्रेलियाले टस जिती ब्याटिङ गर्ने निर्णय ग¥यो । फाइनल खेलको बेला पानी पर्नाले खेल ३७ ओभरमा घटाएको थियो । एड्म गिलक्रिष्टले विश्वकप फाइनल खेलमा सर्वाधिक १ सय ४९ रन बनायो । अस्ट्रेलिया ५३ रनले विजयी भएको उक्त फाइनल खेलमा २ सय ८१ रन स्कोर खडा गरेका थिए । जवाफीमा दोस्रो विकेटको लागि कुमार संगकाराले सनथ जयसूर्यासँग मिलेर १ सय १६ रन जोडेपछि खेल जित्ने आशा जीवित नै थियो । उनीहरूको पतनसँगै श्रीलंका समस्यामा पर्यो भने फेरि वर्षा हुनाले लक्ष्य पनि २ सय ६९ मा झार्यो, तर ३३ ओभरमा ३७ रन अभैm बनाउन बाँकी रहेको अवस्थामा खराब प्रकाशका कारण खेल सुचारु गर्न नसकिने भनि अस्ट्रेलिया विजयी घोषित गर्यो । पछि यो गलत निर्णय भएको स्विकार्यो । वास्तवमा अर्को दिन खेलाउन सकिने वा खेलाउनुपर्ने नियम भए पनि अँध्यारोमै खेल निरन्तरता दिएका कारण केवल ९ रन मात्रले श्रीलंका अपराजित भयो । अस्ट्रेलियनाले अपराजित खेलको संख्या २९ मा पुर्यायो । यसरी अस्ट्रेलियाले लगातार तेश्रो पटक र समग्रमा चौथो पटक विश्वकप जित्यो ।