साप्ताहिक संवाददाता
जेष्ठ २४, २०७६
ठमेलस्थित सेनेट क्बल एन्ड लाउन्जमा फ्राइडे सेन्सेसनका रूपमा युनिक मिक्सिङ स्टाइल तथा टर्नटेबलिज्म स्किलका लागि प्रख्यात रसियन डिजे इलिजाले आज शुक्रबार विशेष प्रस्तुति दिँदैछिन् । डिजे इलिजाले आफू काठमाडौंमा प्रस्तुति दिन उत्साहित भएको आफ्नो फेसबुक पेजमा उल्लेख गरेकी छिन् ।
‘म मेरो समर टुरका लागि एकदमै एक्साइटेड छु,’ उनले लेखेकी छिन् । डिजे इलिजासँगै स्थानीय डिजेहरु फिन्जोक, नोर्चेन, विधान, राजन तथा सोनमलाई पनि कार्यक्रममा फिचर गरिँदैछ । यसका साथै एरियल ब्यान्डले समेत लाइभ प्रस्तुति दिनेछ ।
११ बजेभन्दा पहिले निःशुल्क प्रवेश र डिस्काउन्टको व्यवस्था छ । त्यसपछि भने प्रवेश शुल्कका रूपमा १ हजार रुपैयाँ तिर्नुपर्नेछ, जसमा एउटा डिंक्स निःशुल्क पाइनेछ ।