साप्ताहिक संवाददाता
जेष्ठ २४, २०७६
काठमाडौंको मध्य बानेश्वरस्थित डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउन्ज बारमा कबाब एन्ड बिरयानी फेस्टिबल चलिरहेको छ । गत बुधबार प्रारम्भ भएको उक्त फेस्टिबल ३० जेठसम्म चल्नेछ । रेस्टुराँले उक्त मेलाको अवसरमा सुपथ मुल्यमा थरिथरीका बिरयानी तथा कबाब उपलब्ध गराउनेछ ।
फेस्टिबलमा चिकेन मटन, प्राउन तथा भेज बियरानी आदि उपलब्ध हुनेछन् । यस्तै, कबाबमा तन्दुरी प्राउन, तन्दुरी ट्राउट, तन्दुरी मुर्ग, भेज कबाब आदिको स्वादमा रमाउन पाइनेछ । उक्त अवसरमा बिभिन्न प्रकारका माछाको स्वाद समेत लिन सकिनेछ ।